• १३ साउन २०८१, आइतबार

मन्त्री अधिकारीद्वारा पदबहालीः भूमि व्यवस्था र सहकारी क्षेत्रमा सुधार गर्छु

blog

काठमाडौँ, फागुन २४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले  आफूले राम्रो काम गर्ने र त्यसका लागि सबैको सहयोगका लागि आग्रह गर्नुभयो । विसं २०१७ साउन ४ गते कास्कीको मादी गाउँपालिका गोर्देमा जन्मिनुभएका मन्त्री अधिकारी राजनितिक आन्दोलनका क्रममा चार पटक हिरासतमा रहनुभएको थियो । शिक्षण पेसा हुँदै राजनीतिमा लाग्नुभएका मन्त्री अधिकारीले २०३४ सालदेखि लमजुङ र कास्कीमा विद्यार्थी राजनीति थाल्नुभएको थियो  । 

मन्त्री अधिकारी हाल एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इञ्चार्जसमेत हुनुहुन्छ । कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरीडाँडास्थित प्रकाश माविमा उहाँ १० वर्ष शिक्षण पेशामा आवद्ध हुनुभएको थियो । मन्त्री अधिकारी २०७० मा कपिलवस्तु क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँ २०७९ सालमा पनि कपिलवस्तु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।