बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ ।
बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस अलग्गिएसँगै कांग्रेसका मन्त्रीहरूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारीसमेत मुख्यमन्त्री शालिकराम जम्कट्टेलमा आएको छ ।
सांसदहरू सरकारलाई सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरुले सरकारमा अनुहारमात्र परिवर्तन भएर नहुने भन्दै जनताले अनुभव गर्ने गरी काम गर्न सुझाव दिनुभएको हो ।
बाँकेको दुई गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने राप्ती नदीको सिधनिया घाटस्थित हुलाकी राजमार्गमा सात सय मिटर लामो पुल निर्माण सुरु गरिएको छ ।
आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ ।
चीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाही (युद्ध) लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिङको आह्वान दोहोर्याउनुभएको छ ।
फोहरमैलाको व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्र लुम्बिनी दुर्गन्धित बन्दै गएको छ । लुम्बिनी विकास कोषले पटक-पटक पवित्र क्षेत्र लुम्बिनीमा फोहोर नफ्याँक्न आग्रह गरेपनि बेवास्ता गर्दै स्थानीय र होटल व्यवसायीले डम्पिङसाइट जस्तै गरी लुम्बिनीको पर्खालभित्र फोहोर फाल्दै आएका छन् ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिना सकिँदा करिब एक तिहाइ मात्र आम्दानी भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको लालगढस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि राखिएको ट्राफिक डमीको अवस्था बेहाल छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ नामक उपन्यास लोकार्पण गरिएको छ । उपन्यासको ज्येष्ठ नागरिक नारायणभक्त अर्यालले गर्नुभएको हो ।
माइती नेपालले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा प्रेरणादायी कार्य गर्ने मेनुका पौडेल र रत्नकुमारी सुनुवारलाई सम्मानित गरेको छ ।
उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजना तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिको सहजीकरणमा चरिकोटमा आयोजना गरिएको १० दिने तालिम सम्पन्न भएको छ ।
नेपालगन्जमा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युवा स्वरोजगार तथा उद्यमशीलता विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताउनुभएको छ ।