निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन् अयोग्य हुने व्याख्या गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आफू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति देशको समृद्धिप्रति आशावादी रहेको बताउनुभएको छ ।
शिवरात्रिका लागि सजाइएको पशुपतिनाथ मन्दिर क्षेत्र ।
चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने महिलालाई सम्मान गरेको छ ।
बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनसम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले तीन तहकै सरकारको भूमिका प्रभावकारी हुनुपर्ने सुझाव दिनुभएको छ ।
शिवरात्रिको अवसरमा भक्तजनको सुविधाको लागि सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४ घण्टा स्वास्थ्य सेवा प्रदान गरेको छ।
नेपाल आर्मी र एपिएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताउनुभएको छ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले ठुलो त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिमाथि खतरा उत्पन्न भएपछि गठबन्धन परिवर्तन गर्नुपरेको बताउनुभएको छ।
आयोजक झापा–११ झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी छैटौँ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । यस सिरिजमा आयोजक हङकङ, नेपाल र पीएनजीको सहभागिता रहनेछ ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन नौ दिनमै अन्त्य गरिएको छ ।
झापाको कमल गाउँपालिकाले विद्यालय समयमा अन्यत्र पढाउने शिक्षकलाई कारबाही गर्ने भएको छ । विद्यालय समयपछि अन्य विद्यालयमा पढाउन पनि अनुमति लिएर मात्र जान पाउने भन्दै सामुदायिक विद्यालयहरूलाई परिपत्र गरेको हो ।
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिकाबाट अपहरणमा परेका एक बालकलाई सकुशल उद्धार गरिएको छ ।
साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०–० गोलले पराजित भएको छ । जित्नै पर्ने खेलमा भारतसँग हार खेपेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।