• २६ वैशाख २०८१, बुधबार

कबड्डी सुपर लिग : आर्मी र एपिएफ फाइनलमा

blog

कबड्डी सुपर लिगमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, फागुन २४ गते । नेपाल आर्मी र एपिएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी सङ्घद्वारा आयोजित प्रतियोगिताको राउन्ड रोविन लिगमा आर्मी विजेता र  एपिएफ उपविजेता बन्दै फाइनलमा पुगेका हुन् । आर्मीले चार तथा एपिएफले दुई अङ्क बनायो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताअन्तर्गत महिलाको राउन्ड रोविन लिगमा नेपाल पुलिस क्लब चार अङ्क जोड्दै फाइनलमा पुगेको छ । फाइनलमा पुलिसले एपिएफ क्लबसँग खेल्नेछ । दुई अङ्क बनाएको एपिएफ उपविजेता बन्दै फाइनलमा पुगेको हो ।