भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई लन्डनस्थित संयुक्त अधिराज्य(बेलायत) को संसद् हाउस अफ कमन्समा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय मेयर अवार्ड प्रदान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गनुभएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामतीकर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई समग्र राष्ट्र र राष्ट्रबासीको सर्वोपरि हित हुने कार्यमा थप सजगतापूर्वक समर्पित हुन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु¥याएको योगदान गौरवपूर्ण रहेको बताउनुभएको छ ।
यस वर्षको मार्च ८ लाई ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा विश्वभर मनाइँदै छ । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित यस वर्षको महिला दिवस मनाइँदै छ । यस दिवसको अवसर पारेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिन्छ । लैङ्गिक समानतासहितको महिला सशक्तीकरणका लागि यस्ता अभियान सञ्चालन हुँदै आएका छन् । विश्व महिला आन्दोलनकी नेतृमध्ये क्लारा जेट्किन पनि एक हुन् । उनले पनि यो आन्दोलनलाई अगाडि बढाएकी थिइन् । क्लाराले नै महिलाको समान अधिकारको माग गरेकी थिइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ ।
११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले गत माघ मसान्तसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ का लागि पाएको लक्ष्यको ७३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवको कुल राजस्व सङ्कलन चार अर्ब ७१ करोड ९७ लाख ८३ हजार रुपियाँ रहेकामा कार्यालयले गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा ७३.४९ अर्थात् तीन अर्ब ४६ करोड ८७ लाख २३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
पाल्पामा एक युवाले आफ्नै लगानीमा कफी उद्योग सञ्चालनमा ल्याउनुभएको छ । जिल्लाको रामपुर–५, भम्बकका प्रेमबहादुर सिंहले आफ्नै लगानीमा कफी उद्योग सञ्चालन गर्नुभएको हो । नौ वर्षअघि दक्षिण कोरियाबाट फर्कनुभएका सिंहले २० लाख रुपियाँ लगानी गरेर कफी उद्योग सञ्चालन गर्नुभएको हो । विदेशमा सिकेको सिपलाई स्वदेशमा फर्किएर प्रयोगमा ल्याउन उद्योग सञ्चालन गरेको सिंहले बताउनुभयो ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे (ब्यान्डविथ प्लेटफर्म) को सम्भावना अध्ययन गर्ने भएको छ । नेपालमा विभिन्न इन्टरनेट सेवाप्रदायकले अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ छुट्टाछुट्टै रूपमा खरिद गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेका छन् । इन्टरनेट सेवा प्रदायकले विभिन्न अन्तर्राष्ट्रिय ब्यान्डविथ सेवाप्रदायक/विक्रेताबाट इन्टरनेट ब्यान्डविथ खरिद गर्दा मूल्य र गुणस्तरमा एकरूपता नभएको, उपभोक्तालाई इन्टरनेटको गुणस्तरको प्रत्याभूति समान रूपमा दिलाउन नसकिएको, मूल्यमा पनि एकरूपता हुन नसकेको र इन्टरनेटमार्फत भित्रिने कन्टेन्टलगायतको नियमन गर्न कठिनाइ भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो पहल गर्न लागेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार पदभार ग्रहण गर्दै नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययनका लागि समिति गठन गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना तयार गरी दर्शनार्थीको शान्ति सुरक्षा तथा सवारी व्यवस्थापनका लागि विशेष कमान्ड पोस्ट स्थापना गरी प्रहरी र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।