प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताउनुभएको छ ।
झापाको शिवसताक्षीमा एकजना वृद्धको नहरमा डुबेर मृत्यु भएको छ ।बिहीबार स्थानीय वडा नं ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको हो।
गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पु¥याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन ।
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु भएको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
महिलामाथि हुने विभेद आपसी सहकार्यबाट तोड्न सबै लागि पर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले यस्तो बताउनु भएको हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका शुक्रबार काठमाडौंसहित मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ ।
समुदाय मिलेर विद्युत् विस्तार गरिएका स्थानमा विद्युत् अनियमितता बढेको छ । पाल्पा जिल्लाको विभिन्न स्थानमा दुई दशकदेखि सामुदायिक विद्युतीकरणमार्फत बिजुलीबत्ती विस्तार भएका स्थानमा विद्युत् अवरोध बढेको हो । ती क्षेत्रमा बिजुलीबत्ती अनियमित हुने, बिग्रिएका स्थानमा लामो समयसम्म मर्मतसम्भार नहुने कारणले उपभोक्ता समस्यामा परेका छन् । समुदायबाट सञ्चालित विद्युतीकरणमार्फत विद्युत् विस्तार भएका स्थानमा काठका पोल भाँचिदा फेर्न समय लाग्ने गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा साँगुरीगढी गाउँपालिकाले पालिकाभित्र बर्खाका कारण बन्द तथा भत्किएका सडक सरसफाइ गर्न करिब ५० लाख रुपियाँ खर्च ग¥यो । ५० लाख रुपियाँ खर्च गर्दा सामान्य भ
सर्लाहीका २० वटा पालिकामध्ये ईश्वरपुर नगरपालिकाले माछा उत्पादन र अन्न भण्डारको पहिचान बनाएको छ । सर्लाही जिल्लाकै सबैभन्दा ठुलो १६३.८३ बर्ग किलोमिटर क्षेत्रफल भएको यस नगरपालिकामा १५
ताप्लेजुङको पाथीभरामा हालसम्म सङ्कलित सुनचाँदी लिलाम बिक्री गरिने भएको छ । पाथीभरामा हालसम्म सङ्कलन भएको १७८ तोला सुन र पाँच हजार तोलाभन्दा बढी चाँदीको लिलाम बिक्री प्रक्रीया सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न कालीगण्डकी नदीमाथि निर्माण भएको ५२४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ । उक्त पुल निर्माण योजना सम्पन्न गर्नुपर्ने मितिभन्दा चार महिनाअगावै सम्पन्न भएको हो । लक्ष्यभन्दा अगावै पुल निर्माण गरेर व्यवसायीले उदाहरण प्रस्तुत गरेका छन् ।
विद्यार्थी तथा युवालाई उनीहरूको रुचि र खुबीका आधारमा भविष्यमा अध्ययन गर्ने विषय तथा रोजगारीका सम्भावनाका बारेमा जानकारी दिने उद्देश्यले बागमती प्रदेशमा ‘वृत्ति मार्गनिर्देशन सेवा’ को सुरुवात गरिएको छ । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. डेनियल मेउलीले धुलिखेलमा एक कार्यव्रmमका बिच वृत्ति मार्गनिर्देशक सेवाको शुभारम्भ गर्नुभएको हो ।
दैलेख जिल्लाका ११ स्थानीय तहमध्ये आठ स्थानीय तहका १७ सयभन्दा बढी भूमिहीन दलित, सुकुमवासी र अव्यव्स्थित बसोबासीलाई जग्गाको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग दैलेखले पत्रकार सम्मेलन गरी फागुन २० गतेसम्म एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको जानकारी दिएको हो । राष्ट्रिय भूमि आयोग दैलेखका विज्ञ सदस्य बखतबहादुर कटुवालले जिल्लाको आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका बाहेक आठ स्थानीय तहका एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको जानकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिका–१० स्थित पठान टोलमा विसं २०२४ देखि बस्दै आएका भीमबहादुर सुनार ७२ वर्षका भए । पाँच दशकभन्दा बढी समय बसोबास गरेको ठाउँको लालपुर्जा नहुँदा सुकुमवासीको परिचय फेरिएको छैन । कहिलेकाहीँ भीमबहादुरलाई लाग्छ, दलित भएकै कारण पनि उपेक्षामा परियो । उहाँलाई यस्तो किन पनि लाग्छ भने पठान टोलको सिङ्गै बस्ती दलित समुदायको छ । जग्गाधनी पुर्जा नभएकै कारण विभिन्न सेवाबाटसमेत वञ्चित हुनु परेको तितो अनुभव उहाँसँग छ । भीमबहादुर जस्तै पठान टोलका ११७ परिवारसँग जग्गाधनी पुर्जा छैन ।