गोविन्द आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै भिडियो सन्देशमा युक्रेनमा लड्ने महिला सैनिक र आफ्नो मुलुकका सशस्त्र बललाई समर्थन गर्नेहरूको प्रशंसा गर्नुभएको छ ।
शुक्रबार ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिला मजदुरी गर्न व्यस्त छन् । घर खर्च टार्ने आर्थिक व्यवस्थापनका लागि यहाँका महिला मजदुरी काममा व्यस्त भएका हुन् ।
गुल्मीमा अविवाहित नागरिकलाई सम्मान गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ३४ जना अविवाहित नागरिकलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिनुभयो ।
मुलुकको सबैभन्दा ठुलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्नुभएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा नगरपालिका –६ स्थित उद्योग वाणिजय संघको प्राङ्गणमा स्थापना गरिएको गोरखाको संस्थापक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा सामाजिक व्यक्तित्व चूडानारायण किसान बाबु श्रेष्ठको स्मरण गर्दै सालिकमा माल्यार्पण गर्नुभएको छ ।
कोशी प्रदेशको सुनसरीको इटहरीमा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी–२०८० आयोजना गरिने भएको छ ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले तालिबानसँग महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता लिन आह्वान गर्दै प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान हुने चेतावनी दिनुभएको टोलो न्युजले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा नोभेम्बरमा हुने निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि कडा प्रहार गर्दै मुद्रास्फीति र आप्रवासनजस्ता विषयमा उहाँले हासिल गरेका उपलब्धिको प्रशंसा गर्नुभएको छ ।
इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रामधुनीनगर पालिका क्षेत्रका महिला उद्यमीहरूलाई सम्मान गरिएको छ । नगरपालिकाको सहयोगमा थारु महिला सभा रामधुनीको आयोजना र सेभ द अर्थ सुनसरीको समन्वयमा नगरक्षेत्रका १२ जना अग्रसर, नेतृत्वकर्ता महिलाहरूलाई सम्मान गरिएको हो ।
तनहुँको दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रवर्द्धन मेला सुरु भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको अनसनचौतारी, खुलाचौरमा फागुन २७ गते सम्म चल्ने छ ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१ हत्पतेडाँडास्थित गागन-लङ्गुरखोला भित्री सडकमा बोलेरो दुर्घटना हुँदा १२ जना दर्शनार्थी घाइते भएका छन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव सहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लागेको छ । नेपाल कै ठुलो शिवलिङ दाबी गरिएको मन्दिरमा हजारौँ भक्तजनहरूले पूजापाठ गरेको समितिले जनाएको छ ।