नेपालमा कृषि उत्पादनका क्षेत्रमा अझै पनि सामन्तवादी प्रणाली विद्यमान छ । जमिनदारी प्रथा पनि अझै निर्मूल हुन सकेको छैन । धेरै कृषियोग्य जमिन सहरिया धनी वर्गको नियन्त्रणमा छ । काठमाडौँमा वा अन्य सहरमा ठुलाठुला आलिसान भवनमा बस्ने धनीले गाउँका कृषियोग्य जमिनको ठुलो हिस्सा ओगटेका छन् । खेती गर्ने किसानसँग आफ्नो जमिन छैन । अँधिया, त्रिखण्डी, ठेक्का, करार (लिज) मा खेती गरिएकाले उत्पादनमा निरन्तर क्षयीकरण हुँदै गएको छ । पहाडबाट बसाइँसराइका कारण त्यहाँको जमिन जङ्गल, बाँझो, चरनमा परिणत हुँदै गएको छ र बस्ती खाली हुँदै छन् । असन्तुलित विकासे मोडलले दुर्गम र पहाडी क्षेत्र उपेक्षित हुँदा जनसङ्ख्या पलायन मात्र होइन, घट्दो छ । मधेशमा सुकुम्वासी, ऐलानी, पर्ती जग्गाका बसोबासहरू अव्यवस्थित छन् । बसाइसराइको चाप मधेशले खेप्न थालेको छ । हाम्रो कृषिपद्धति केवल निर्वाहमुखी, कामचलाउ र परिवार धान्न लक्षित छ । कृषिमा न वैज्ञानिक विधि, न आधुनिकता न त आधुनिक आविष्कारको उपयोग हुन सकेको छ । यान्त्रिकीकरणद्वारा महँगो उत्पादन लागत घटाउने काम हुन सकेको छैन । न कृषि मजदुरको अभावलाई यन्त्रद्वारा हल गर्न सकिएको छ । कृषिमा आधुनिकीकरण हुन नसक्दा उत्पादन लागत मात्र उठाउन पनि किसानलाई धौ धौ पर्न थालेको छ । कृषिको व्यावसायीकरण भएको छैन । तसर्थ किसानको नगद आम्दानी हुने स्रोत पनि छैन । कृषि जनशक्ति यस क्षेत्रबाट पलायन हुँदै गएको छ । बालीनाली लगाइने जमिन प्रत्येक वर्ष सरदर आठ हजार हेक्टरका दरले घट्न सुरु गरेको छ । यसका साथै जमिनको खण्डीकरण तीव्र रूपमा बढ्दो छ र उत्पादन क्षति पनि बढ्दो छ । ‘प्लटिङ’ का नाममा लाखौँ हेक्टर जमिन घडेरीका रूपमा बाँझै छ । जमिनको वर्गीकरण गरी खेती लगाउने ठाउँमा अन्य संरचना निर्माण र ‘प्लटिङ’ को होडलाई निषेध गर्नुपर्ने थियो तर हुन सकेको छैन । आकासे पानीको भरमा खेती लगाउनुपर्ने बाध्यता पनि हटेको छैन । सिँचाइ सुविधाको व्यापक विस्तार हुन नसक्दा मौसमी खेती गर्न किसान बाध्य छन् । जलवायु परिवर्तनको असरले गर्दा उपयुक्त समयमा पर्याप्त वर्षा हुन छाडेको छ । जसले उत्पादनमा प्रभाव पारेको र त्यसको क्षतिपूर्ति किसानले नपाउँदा गरिबी दर बढ्दै जाने स्थिति छ । कृषि, पशु, बाली बिमा जनतासम्म पुग्न सकेको छैन । जमिनको आधुनिक र वैज्ञानिक उपयोग हुन नसक्दा सामूहिक खेती प्रणाली, चक्लाबन्दी, सहकारी र साझेदारी फार्म निर्माण हुन सकेका छैनन् । फेरि वन्यजन्तु, रोग, किरा आदिबाट संरक्षण र उपचारको व्यवस्था नभएका कारण किसान मर्कामा छन् । खेती, बाली, पशुपालन, फलफूल, नगदेबाली जस्ता क्षेत्रलाई व्यापारिक र व्यवसायी उद्देश्यले उत्पादन गरिएको छैन । नाफा कमाउने, किसानको नगद आयस्रोत बनाउने उद्देश्य नै छैन । फलतः कृषि पेसाबाट युवा पलायन भएको छ । उत्पादनमा लागेकाहरू पनि निराश छन् । कृषि क्षेत्रका समस्या नयाँ नयाँ प्रविधि, उच्च नश्लीय पशु, उन्नत बिउबिजन, छिटो उत्पादन हुने विकसित विधि, बहुबाली विकास, मलखाद, विषादीको सहज उपलब्धता नहुनाले पनि उत्पादनमा असर परेको छ । कुनै वर्ष प्राकृतिक रूपमा उत्पादन वृद्धि हुँदा भण्डारणको समस्या तेर्सिन्छ । शीतभण्डार पर्याप्त छैनन् । फलतः किसान आफ्नो उत्पादन सुरुमै सस्तोमा बेच्न विवश हुन्छ । कृषि उत्पादित वस्तुको भण्डारण, बजारीकरणको समुचित व्यवस्था पनि छैन । कृषि उत्पादन विनिमय प्रणाली पनि शोषण र एकाधिकारमा आधारित छ । बिचौलिया मोटाउने र किसान, उपभोक्ता दुब्लाउने स्थिति हटेको छैन । कृषि उत्पादन खरिद बिक्री केन्द्र, बजारीकरण तथा व्यवसाय सञ्चालन गर्ने स्थान सहज प्राप्य छैनन् । त्यसैले काम नगर्ने तर बिचमा बसेर दलाली गर्दै नाफा सोहोर्ने व्यवसाय मौलाउँदो छ । यसरी बिचौलियाले लुट्न पाउने स्थिति हुनु बजारीकरण र बिक्रीवितरण केन्द्रमा किसानको पहुँच नहुनु हो । जसले उत्पादित वस्तु सडकमा फाल्नुपर्ने, सडकमा लगेर पोख्नुपर्ने, खेतबारीमै कुहिएर जाने, गाईभैँसीलाई खुवाएर चित्त बुझाउनुपर्ने बाध्यता छन् । देशमा आयातमुखी अर्थतन्त्र मात्र छैन, कृषि क्षेत्र पनि आयातमुखी नै छ । फलतः धान, चामल, दाल, तेल, गहुँ, पिठो, आलु, प्याज, लसुन, अन्डा, चल्ला, फलफूल, सागसब्जी, खसी, राँगा, च्याङ्ग्रा जस्ता आधारभूत उपभोग्य खाद्यवस्तुसमेत आयात निर्भर छ । तीन महिनामा ४६ अर्बको चामल, ३६ करोडको लसुन, ४५ करोडको प्याज, दैनिक छ करोडको सागपात तरकारी, मासिक ८५ करोडको फलफूल आयात गरेको तथ्याङ्कले (डाटा मौसम अनुसार फरक पर्छ, त्यसैले ठ्याक्क नमिल्न सक्छ) त्यसको पुष्टि गर्छ । आधुनिक, वैज्ञानिक औजार प्रविधि, उन्नत बिउबिजन, बिरुवा तथा चरा, पशुको उन्नत नश्लको अभावकै कारण कृषिमा लागतसम्म नउठ्ने अवस्था छ । वर्षमा अर्बौंको मासु आयात गरिन्छ । समग्रमा ३.५ खर्बको कृषिजन्य खाद्यवस्तु (बजेटको लगभग २१ प्रतिशत) वार्षिक आयात हुन्छ भन्ने सरकारी तथ्याङ्कले आयातमुखी कृषि पद्धतिलाई नै देखाउँछ । नवीकरणको पक्षदेशमा खेतीपाती, पशुपन्छी, फलफूल, जडीबुटी, वनस्पति आदिसित सम्बन्धित न खोज अनुसन्धान केन्द्र नै छन् न त तिनको विकास विस्तार । यो पनि कृषि क्षेत्रको ठुलो समस्या हो । एउटा मलखाद कारखानासम्म देशमा नहुनाले हरेक वर्ष बाली लगाउने बेला किसान छट्पटाउनुपर्ने अवस्था छ । अझ त्यसैमा खाद्यान्नको मूल्य समयमै निर्धारण नहुनुले धान, उखु, तोरी, मकै, दलहन जस्ता खाद्यान्न सस्तोमा बेच्ने र महँगोमा किन्ने बाध्यता छ । नगदे बाली, उखु, दुध जस्ता वस्तुको बेचेको पैसासमेत वर्षौंसम्म नपाएर किसान हैरान भएका समाचार आइरहेका छन् । मिटरब्याजेहरूले २० औँ हजार किसान परिवारको उठिबास लगाइरहेको पक्ष अर्कै छ । खेतीपाती, अन्नबालीका विशेष पकेट क्षेत्र, पशुपालन, फलफूल, जडीबुटी उत्पादनका विशेष क्षेत्र तोकेर सार्वजनिक–निजी–सहकारी प्रणालीमा कृषि व्यापार व्यवसाय मात्रै गर्ने उद्देश्यले देशभर हजारौँ केन्द्र स्थापना गर्ने योजना बनाउने हो भने कृषिमा लागत बढेर उत्पादनको गिर्दो स्थितिलाई रोक्न सकिन्थ्यो । कृषिका विशेष उत्पादन क्षेत्र बनाउने र तिनमा आवश्यक पर्ने सबै प्रकारका कृषि सामग्री, औजार, प्रविधि, अनुसन्धानकर्ता, विज्ञहरू, डाक्टरहरू, औषधी उपचार आदिको समुचित व्यवस्था गरिनुपर्ने हो तर छैन । फलफूल र जडीबुटी उत्पादनका लागि उपयुक्त जमिन, पर्यावरण, हावापानी, माटो, भूगोल आदिको राम्रोसँग परीक्षण, अनुसन्धान, प्रयोग गरेर उपयुक् भएका र सुहाउँदो ठाउँमा मात्र ठुला बगान निर्माण गर्ने, नर्सरी खोल्ने र युवा जनशक्तिलाई त्यसमा लगाउने नीति हुनु पथ्र्यो । युवाको क्षमता, योग्यता, विशेषज्ञता र ज्ञान उपयोग गर्ने नीति बनाएर यो क्षेत्रमा लगाउने तथा रोजगारी दिने तŒवबोध हुनु पथ्र्यो । ठुला पशुपालन केन्द्र, पन्छीपालन केन्द्र, माछापालन केन्द्र, जडीबुटी ओखती उत्पादन केन्द्र, फलफूल बगान, वनस्पति उद्यानको स्थापना गरी सम्पूर्ण साधन सुविधा सम्पन्न बनाई, औजार, यन्त्र र प्रविधि व्यवस्था गर्दै राज्यद्वारा वैज्ञानिक र प्राविधिक अनुदान र सहयोगको सुनिश्चिततासहित, अनुसन्धान फार्म, प्रयोगात्मक फार्म, उत्पादन फार्म सञ्चालन गर्ने हो भने विशेषज्ञ प्राविधिकसहित राज्यले युवालाई यो उत्पादन क्षेत्रमा लगाउने हो भने युवा पलायन रोक्न सकिन्छ । श्रमप्रति सम्मान नीतिकृषिकर्मलाई सम्मानित कर्मका रूपमा विकास गर्न आवश्यक छ । कृषि क्षेत्रलाई सामाजिक सम्मानको क्षेत्रमा रूपान्तर गर्न आवश्यक छ तर हाम्रो देशमा कृषिकर्म गर्नेलाई उल्टै सामाजिक अपमान गर्ने चलन छ । कृषिकर्मलाई तुच्छ ठान्ने चलन छ । समाजले कृषिमा लाग्नेलाई हेय दृष्टिले हेर्छ । कृषि क्षेत्र सम्मानित क्षेत्र मानिँदैन । बौद्धिक श्रम गर्नेहरू कृषिमा शारीरिक श्रम गर्ने कुरालाई हीन र निकृष्ट श्रम मान्छन् । ‘त्यत्रो पढेलेखेर हेर हलो जोतेर बसेको छ ?’ ‘फलानाले भन्सारमा खरदारको जागिर खाएर पनि पाँचतले महल ठड्यायो यो डिग्री गर्नेको चाला हेर ?’ यस्ता वाक्यले उत्पादनमा लाग्नेलाई अपमान गर्छन् । तसर्थ सबभन्दा पहिले राज्यले श्रमप्रति सम्मान जगाउनु पर्छ किनकि श्रम गर्नेको सम्मान हाम्रो समाजमा गरिँदैन । अझ खेती किसानी त घृणा र तुच्छताको प्रतीक बनेको छ । किसानलाई हरेक क्षेत्रमा अपमान छ । होच्याइमा परेको कृषिकर्म, यो ‘हीन र तुच्छ’ अपमानबाट मुक्ति चाहन्छ । सामन्ती ‘कल्चर’ ‘सिस्टम’, जमिनदारी, अद्यापि कृषि क्षेत्रमा शासन गर्दै छ । यो अवस्थाले गर्दा पनि कृषितर्फ युवामा विकर्षण पैदा भएको सहज अनुमान गर्न सकिन्छ । खेतीपाती गर्ने, पशुपालन गर्ने, फलफूल लगाउने, तरकारी खेती गर्ने, जडीबुटी खेती गर्ने, नगदे खेती गर्ने, कुखुरा, बाख्रा, गाई, भैँसी, माछापालन गर्ने युवालाई आफ्नो पेसामा गौरव बोध वा गर्व गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ । उनीहरूलाई राष्ट्रिय सम्मान गर्ने परिवेश सिर्जना गर्न आवश्यक छ । प्रत्येक वर्ष ‘राष्ट्रपति उत्कृष्ट कृषक सम्मान समारोह’ आयोजना गर्नु पर्छ । उनीहरूको सामाजिक मर्यादा स्थापित नगर्ने हो भने आत्मसम्मान बोध स्थापित नगराउने हो भने युवाहरू खेतीपाती त्यागेर, खेतबारी बेचेर वा बाँझो बनाएर, घरपरिवार अलपत्र छाडेर, विदेश पलायन हुने यो स्थिति अन्त्य हुन सक्दैन । युुवा चेतना वृद्धिको सन्दर्भसबभन्दा पहिले युवालाई देशप्रेम, देशभक्ति, देश सेवा अरू सबै सम्पत्तिभन्दा अमूल्य निधि हो भन्ने चेतना बोध गराउनु पर्छ । विदेशको करोडभन्दा स्वदेशको लाख ठुलो हो भन्ने सिकाउनु पर्छ । देशका लागि आफ्नो स्वार्थ त्याग गर्न तयार रहनु पर्छ । देशलाई आफ्नो मुटुभन्दा बढी माया गर्नु पर्छ भन्ने चेतना जरुरी छ । आत्मनिर्भरता, स्वावलम्बन, स्वतन्त्र पेसा, स्वरोजगारमा सम्मान बोध गर्ने परिवेश बनाउनु पर्छ । आजसम्म देशभित्रै स्वाधीन जीवन बाँचेर, स्वतन्त्र पेसा व्यवसाय अँगालेर गौरवान्वित हुने र त्यसैमा रमाएर आत्मसन्तुष्टि लिने मान्यता स्थापित हुन नसक्नु सामन्ती चिन्तन प्रणाली, सामन्ती संस्कार, सामन्ती स्वभाव र सामन्ती प्रवृत्तिकै अवशेष हो । स्वदेशमै खेतीको काम गर्नु, उत्पादनमा लाग्नु, आफ्नो व्यवसाय गर्नु, आफैँ रोजगार सिर्जना गर्नु र त्यसैमा गर्व गर्ने कुरालाई व्यर्थ ठान्ने तर विदेशका मरुभूमिमा भेडा, उँट चराएर, खेतीकै काम गरेर, बगैँचाका माली बनेर, सफाइकर्मीका रूपमा महिनाको ४०÷५० हजार कमाएकोमा ठुलो गर्व गर्ने परम्परा र सोच रहेसम्म युवालाई कृषिकर्मतर्फ मोड्न अथवा आकर्षित गर्न सकिँदैन । सामन्ती, जमिनदारीय कृषिप्रणाली वा उत्पादन प्रणालीमा कृषिकर्म, कृषिश्रम, किसानको सम्मान स्थापित गर्न पनि सम्भव छैन । कृषिलाई व्यावसायीकरण गरेर मासिक नगद आम्दानीको क्षेत्रमा विकास नगरे युवाका आवश्यकता र खाँचो पूरा हुन पनि सक्दैनन् । कामचलाउ खेतीको काम गरेर समय बिताउन युवा तयार छैन । कृषि उद्योगमा ध्यान कृषि उत्पादन वृद्धिका साथै त्यसको औद्योगिकीकरण पनि उत्तिकै आवश्यक छ । कृषिजन्य उत्पादनका साना घरेलु उद्योगको स्थापनामा युवालाई लगाउनु पर्छ । प्रशोधन उद्योग चलाउनु पर्छ । फलफूलका रस, मुरब्बा, ड्राइ फ्रुट, अचार, वाइन, प्याकिङ आदि साना घरेलु उद्योग सञ्चालन गर्न सकिन्छ । जडीबुटीलाई ओखती बनाउने व्यवसाय बनाउन सकिन्छ । खाद्यान्नका विविध प्रकार, विविध व्यञ्जन, विविध परिकार विकास गरी निर्यात व्यापार गर्न सकिन्छ । मासु प्रशोधन र प्याकिङ व्यवसाय गर्न सकिन्छ । कृषि फार्ममा यी र यस्तै घरेलु उद्योगको विकास गर्न यस्तै कामसित सम्बन्धित मसिन, औजार, यन्त्र र प्रविधि युवामा हस्तान्तरण गरी, अनुदान ऋणको व्यवस्था गरी, कृषिलाई आकर्षणको क्षेत्र बनाउन सकिन्छ । कृषि शिक्षाको मूल्यहाम्रो शिक्षा प्रणाली नै ‘बेरोजगार उत्पादन केन्द्र’ जस्तो छ । घोकन्ते विद्या, शास्त्रीय विद्या, चिन्तनमूलक शिक्षा, तर्क बहस विमर्शमा आधारित सिद्धान्तवादी शिक्षा, बौद्धिक विलास गर्ने शिक्षाले पनि बेरोजगारी बढाएको छ । यस्तो शिक्षालाई कृषि प्रविधि, उत्पादन, उद्योगमा आधारित, प्रयोजनपरक, उपयोगी, प्रयोगात्मक, व्यावहारिक बनाउनु जरुरी छ । ता कि पढेर निस्किँदा सिप, दक्षता, क्षमता हातमा लिएर निस्कोस्, कृषिमा खोज अनुसन्धान, आविष्कार गर्न सकोस् । पढेपछि सोझै व्यवहारमा जान सक्ने होस् । विद्यार्थी दक्ष र शिल्पी बनून् । हातमा स्वरोजगार बन्न सक्ने प्रमाणपत्र होस् र प्रयोजनमुखी, व्यवहारमुखी, प्रयोगमुखी, सिप र हातेकलामुखी शिक्षा होस् तब न बेरोजगार हुँदैनन् । शिक्षाले युवालाई अस्तव्यस्त होइन, व्यस्त बनाउनु पर्छ । शारीरिक श्रम र बौद्धिक श्रम दुवै समान हुन् भन्ने बनाउनु पर्छ । प्रायोगिक शिक्षाको सिप हातमा दिएर उत्तीर्ण बनाउनु पर्छ । भौतिक श्रम गर्न लाज मान्ने शिक्षा के काम ? शारीरिक श्रम गर्नु त नीच काम हो भन्ने शिक्षा के काम ? माटो ढुङ्गासँग खेल्ने काम अनपढले गर्ने काम हो भन्ने शिक्षा के काम ? यस्तै कारणले युवा विदेश पसेको हो । सानातिना काम गर्न लाज लागेर । देशमा पढ्न नसकेकै कारण, ऋण तिर्नकै लागि, जडौरी मरमसला जोहो गर्नकै लागि, छोराछोरी पढाउनकै लागि, अभाव र आवश्यकता पूर्ति गर्नकै लागि, रोजगारी र काम नपाएकै कारण, गरिबीबाट बच्नकै लागि युवा विदेश गएको हो भन्ने कुरामा पूर्ण सत्यता छैन । १५ लाखदेखि ८० लाखसम्म मानव तस्करका हातमा पैसा थमाइदिएर मेक्सिकोका जङ्गलमा भौँतारिन कसरी रहर जाग्यो ? मर्न भनेर युव्रmेनका युद्धमा अवैध रूपमा लुकी लुकी किन युवा गयो ? खेतबारी बाँझो बनाएर, खेत, चौपाया र आमाका गरगहनासमेत बेचेर, जानी जानी दलालका जालमा फँसेर, गरिरहेको जागिर लात मारेर, मासिक लाखौँ रुपियाँ कमाइ भइरहेको व्यवसाय नै छोडेर, सबै बन्दोबस्त हुँदाहुँदै र बाउको सम्पत्ति प्रशस्त छँदाछँदै, ‘गाडी चढ्ने रहर हो भने गाडी किनिदिन्छु विदेश नजा’ भन्दा पनि लहै लहैमा विदेश भासिने र त्यहाँ गाडी धुने, सडक सफा गर्ने, ग्रोसरीमा काम गर्ने, शौचालय सफा गर्ने, भेडा, उँट, घोडा, गाई चराउने जस्ता काम गर्न विदेश भासिन केले हुटहुटी दियो ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले राजनीतिक तथा वैचारिक मतभेदका कारण नेपाली कांग्रेससँगको सहकार्य टुटेको बताउनुभएको छ । पछिल्लो राजनीतिक समीकरण भएपछि राजनीतिक वृत्तमा देखिएका विविध पक्षबारे राष्ट्रिय समाचार समिति (रासस) ले गरेको सङ्क्षिप्त कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
दक्ष शिक्षकबिना विद्यालयको शैक्षिकस्तर उठ्न सक्दैन । शिक्षालाई सबल बनाउन अब्बल शिक्षकको खाँचो पर्दछ । हामीकहाँ अन्यत्र कहीँ जागिर नपाएपछि बल्ल शिक्षक बन्न खोज्ने प्रवृत्ति छ । पढ्न पनि विज्ञान, व्यवस्थापन, मानविकी शिक्षापछि मात्र शिक्षा प्राथमिकतामा पर्ने गरेको छ । शिक्षाशास्त्रका प्राध्यापकको समेत गुणस्तर मूल्याङ्कन हुनुपर्ने देखिन्छ ।
सामान्यतया, जलवायु परिवर्तनको प्रभाव लाभदायक पनि हुन सक्छ । हिमालबाट भरपर्दो पानी उपलब्ध भएसँगै यसको अधिकतम लाभ उठाउनु पर्छ । जलाधार क्षेत्र अझै मलिलो र हरियाली हुन सक्छ तर यसको नकारात्मक असर जस्तै, बाढी र ‘ग्लोफ’हरूलाई यत्तिकै बेवास्ता गरेमा व्यवस्थापन गर्न गाह्रो पनि बन्न सक्छ ।यसपालिको हिउँदमा औसतभन्दा अति न्यून वर्षा भयो । प्रक्षेपण गरिएको भन्दा पनि निकै कम वर्षा भयो । सन् २०१५ मे २४ मा म्याग्दीस्थित कालीगण्डकी नदीमा पहिरोले बाँध बनेको तालमा १५ घण्टाको अवरोधपछि पानी बग्न थालेपछि केही समयका लागि तल्लोतटीय क्षेत्रमा खतरा टरेको थियो । मनसुनको नियमित प्रवाहभन्दा दुई मिटर पानीको सतह बढेपछि पानी बग्न थालेको थियो । पानी बाढीका रूपमा छेउछाउका केही घरसम्म पुगे पनि ठुलो क्षति भने भएन । यस्तै सन् २०२१ जुन १८ मा मनाङमा परेको वर्षाले बाढी र पहिरो गयो । यसले ३५० भन्दा बढी परिवार विस्थापित भए । पछिल्लो वर्ष पनि मुस्ताङको कागखोलामा आएको अनपेक्षित बाढीले स्थानीय क्षेत्रमा ठुलो क्षति पुर्यायो । यी केही उदाहरण मात्र हुन् । वैज्ञानिक अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ कि कालीगण्डकी क्षेत्रको जलवायु औसतभन्दा फरक भइरहेको छ । यो फरकपनले उक्त क्षेत्रको मात्र होइन, समग्र देश तथा हिमालय क्षेत्रकै वातावरण प्रभावित भएको छ । २८ औँ कोप सम्मेलनले जलवायुजन्य हानिनोक्सानीबारे महत्त्वपूर्ण छलफल गरेको छ । हानिनोक्सानीको क्षतिपूर्ति हुनु पर्दछ भन्ने मान्यता पनि अगाडि सारेको छ । कालीगण्डकी नदी उत्पत्ति स्थल कालीगण्डकी नदी नेपालका तीन वटा नदी प्रणालीमध्ये एक गण्डकी नदीको सहायक नदी हो । चितवन र तनहुँको सङ्गम स्थल देवघाटधाममा यो नदी गण्डकी अर्थात् नारायणी नदीमा मिसिन्छ । कालीगण्डकी नदीको उद्गम मुस्ताङको न्युबिन हिमाल क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६ फिट अर्थात् छ हजार २६८ मिटर रहेको छ । यो क्षेत्र नेपाल र तिब्बतको सिमानामा पर्छ । स्थानीयस्तरमा यो नदी उद्गम भएको धारालाई छुमा खोला भनिन्छ । यो नदी (धारा) दामोदर कुण्डसँगै रहेको छ । यसपछि कालीगण्डकीबगेर लोमान्थाङ आइपुग्छ । लोमान्थाङ क्षेत्रमा नपुग्दै यसको नाम निछु खोला वा छोरोउ खोला पनि भन्ने गरिएको पाइन्छ । लोमान्थाङमा कालीगण्डकी दक्षिण पश्चिम भएर बग्छ । त्यस स्थानमा यो खोलालाई मुस्ताङ खोला पनि भन्ने गरिन्छ । मुक्तिनाथ क्षेत्रमा कालीगण्डकी नदीसँग झोङ खोला, काक खोला र कृष्णा नदी मिसिन्छन् ।त्यसपछि नदी कालीगण्डकी घाटी वा अन्धा गल्छी भनिने पहाडको र धौलागिरिको (आठ हजार १६७) पश्चिममा र अन्नपूर्णा–१, (आठ हजार ९१) को पूर्व हुँदै दक्षिणतिर बग्दछ । यही घाटी नै संसारको गहिरो गल्छी हो । यो गल्छी दुई हजार ५२० मिटर गहिरो छ । कालीगण्डकी नदी तत्पश्चात् गहिरो गल्छी हुँदै दक्षिण लाग्छ । यो नदीसँग गलेश्वरको राहुघाट खोला, बेनीको म्याग्दी खोला, कुस्मानजिकै मोदी खोला र रिडी बजारमाथि रुद्रबेनीमा बडीगाड मिल्छ । यसपछि महाभारत क्षेत्रको उत्तरी किनारबाट यो नदी बग्न थाल्छ । दक्षिणतर्फ फर्किंदै गर्दा महाभारतलाई छेडेर कालीगण्डकी देवघाटसम्म पुग्छ । प्रमुख सहायक नदीहरू त्रिशूली, पूर्वीराप्ती नदीसँग मिलेर नारायणीसँग मिलेर यो नदी अगाडि बढ्छ । देवघाटबाट नदी गैँडाकोट सहरको दक्षिण पश्चिममा बग्दछ । यसपछि यो नदी दक्षिण पूर्वतर्फ फर्कन्छ र भारतमा प्रवेश गर्दा यसलाई गण्डक भनिन्छ ।यसरी नारायणीसम्म आइपुग्दा कालीगण्डकीको कुल लम्बाइ ३१६ किमी छ । यस्तै नारायणी नदीसहितको कुल जलाधार क्षेत्र ४३ हजार वर्ग किलोमिटर छ । कालीगण्डकी नदी हिमालय क्षेत्रबाट सुरु भई बग्ने हुनाले यसको बहाव औसतमा समान प्रकृतिको हुन्छ । यसको औसत पानीको मात्रा एक हजार ७६० घनमिटर प्रतिसेकेन्ड मापन गरिएको छ ।वातावरणीय पक्ष कालीगण्डकी जलाधारले मात्रै लगभग ११ हजार ७७० वर्ग किमी समेट्छ । यसको उचाइगत फरकपन चाहिँ १८८ मिटरदेखि आठ हजार १४७ मिटर छ । २३.४ प्रतिशत भूभाग खाली जमिन छ । २३.६ प्रतिशत भूभाग कृषिजन्य प्रयोजनका लागि प्रयोग भएको छ । ५१.३ प्रतिशत भूभाग वन तथा अन्य बुट्यानले ढाकेको क्षेत्र पर्दछ र ०.४ प्रतिशत भूभाग पानीले ढाकेको छ । १.३ प्रतिशत भूभाग हिउँले ढाकेको छ । यति धेरै भौगोलिक विविधतायुक्त कालीगण्डकीको क्षेत्र जलवायुजन्य रूपमा पनि विविधतायुक्त छ । टुन्ड्रा अल्पाइन हँुदै समशीतोष्ण तथा उष्ण प्रकृतिको हावापानी पाइन्छ । जलवायुको पक्षमा हेर्दा वार्षिक रूपमा २७५ मिलिलिटर देखि छ हजार २३८ मिलिलिटरसम्म वर्षा हुने गरेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागसँग छ । विभिन्न अनुसन्धानले जलवायु परिवर्तनका कारण यो क्षेत्रमा पानी पर्ने तथा जल बहावमा परिवर्तन हुँदै आएको देखाएको छ । परिवर्तित जलवायुको प्रभाव जलवायु परिवर्तनका कारणले गर्दा यो क्षेत्र पनि प्रभावित बनेको छ । स्वाभाविक रूपमा यो क्षेत्र कमजोर भूबनोट भएकाले प्रभाव बढी पर्छ । यसैको सुरुवात विविध घटना बेहोर्नु परेको हो । इसिमोडद्वारा गरिएको एक अध्ययन अनुसार कालीगण्डकी नदीको बहावको मात्रा सन् २०३० सम्ममा हाल भइरहेको मात्राभन्दा २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यही अध्ययनमा परिवर्तित पानीको बहावलाई आधार मानेर सन् २०९० सम्म यसको मात्रा ३५ प्रतिशत बढ्ने देखिएको छ । जलवायु परिवर्तनको अर्को असर तापव्रmममा वृद्धि हुनु हो । शताब्दीको उत्तरार्धमा २६ प्रतिशत जति बढ्ने देखिन्छ । वार्षिक रूपमा बेसिनको औसत तापमान ०.०४ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ ।यही अध्ययन अनुसार कालीगण्डकी बेसिनमा तापव्रmम वृद्धि तल्लो उचाइको बेसिनको तुलनामा माथिल्लो उचाइका बेसिनमा बढी हुने देखिएको छ । यो गम्भीर चिन्ताको विषय हुन सक्छ किनभने हिउँ र हिमताल माथिल्लो क्षेत्रमा हुन्छन् । कालीगण्डकी बेसिनको उच्च उचाइ क्षेत्रको प्रमुख विशेषतामा तीन हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा तीन हजार २५२ हिमताल छन् । यी तालमा जलवायु परिवर्तनका कारणले पानीको सतह डरलाग्दो रूपमा बढिरहेका छन् । तापव्रmमको वृद्धिले हिमतालको विस्फोट र तल्लो तहमा ग्लोफ (हिमताल विस्फोट भएर आउने बाढी) जस्ता समस्या देखिन सक्छ । एक्कासि ठुलो मात्रामा बग्ने पानीको मात्राले तल्लो तटमा विनाश निम्त्याउने सम्भावना हुन्छ नै । नेपालको भोटेकोशीमा सन् १९८५ मा हिमताल विस्फोट भएर भएको दुर्घटनामा नाम्चे लघु जलविद्युत्लाई पूर्ण रूपमा ध्वस्त पारेको थियो । उक्त दुर्घटनामा जलविद्युत् प्लान्ट र पाँच जनाको ज्यान गएको थियो (इसिमोड २०११) । इसिमोडले सन् २००९ मा पहिचान गरेबमोजिम कालीगण्डकी बेसिन क्षेत्रमा (दुई हजार वर्ग किमीभन्दा बढी) एक हजारभन्दा बढी हिमनदी पहिचान भएका छन् । त्यसमध्ये ४८ हिमताल अलिक बढी जोखिमजन्य पहिचान गरिएको छ । निष्कर्ष हाल सञ्चालनमा रहेका धेरैजसो जलविद्युत् आयोजनाहरू रन अफ रिभरमा आधारित छन् । यसबाट उत्पादन हुने बिजुलीको मात्रा दैनिक बहावमा धेरै निर्भर छ । भविष्यमा नदीमा बहाव बढ्ने अनुमान गरिएकाले जलविद्युत् प्लान्ट अर्को प्रविधितर्फ जानुपर्ने आवश्यकता देखिएको छ । पानीको मात्रामा सन्तुलन र जलवायु परिवर्तनको प्रभाव जलस्रोत योजना र व्यवस्थापनका लागि पनि महŒवपूर्ण हुन्छन् । पानीको मात्रामा वृद्धि जीवन पद्धतिमा सकारात्मक र नकारात्मक दुवै हुन सक्छ । आगामी अवधिमा जलवायु परिवर्तनको कारण जलस्रोत योजना र व्यवस्थापनमा प्रभाव पर्ने देखिन्छ । यो सत्यलाई कालीगण्डकी बेसिन क्षेत्रभित्र पनि भोग्नुपर्ने हुन्छ । पछिल्लो समय कालीगण्डकी नदी र यो जलाधार क्षेत्रभित्र जलविद्युत् उत्पादनका रूपमा एउटा हबका रूपमा विकास गर्न लागिएको छ । यसमा देशको एउटा ठुलो जलविद्युत् कालीगण्डकी ए १४४ मेगावाटको आयोजना सञ्चालित छ । त्यसबाहेक अन्य आयोजना निर्माण, सञ्चालन, अध्ययनका व्रmममा छन् ।कालीगण्डकी नदीबाट जलवायु परिवर्तनको कारण ठुलो फाइदा लिन सकिन्छ । मनसुनमा पानीको मात्रा बढ्ने र त्यसले सम्भावित ऊर्जा उत्पादन बढाउने देखिन्छ । सँगसँगै सुक्खा मौसममा पनि उच्च मात्रामा विद्युत् निकाल्न सकिन्छ । सुक्खा मौसममा हाइड्रोपावर प्लान्टले सधैँ यसको डिजाइन गरिएको क्षमताभन्दा कम बिजुली उत्पादन गर्दछ । पानीको मात्रामा भएको उच्चतम वृद्धिलाई उपयोग गर्न सक्ने हो भने यसले विद्युत् उत्पादन बढाउन सकिन्छ । पानीको उपयोगलाई व्यवस्थित गर्न सक्ने हो भने यसको उपयोग धेरै क्षेत्रमा गर्न सकिन्छ । समग्रमा पानीको उपलब्धताको समस्या देखिँदैन । वर्षा, हिउँ पग्लने, पानीको उपजको कारणले पानीको मात्रा उच्च रहन्छ र अझै बढ्दै जाने देखिन्छ । अनुसन्धानले निष्कर्ष निकालेको छ कि कालीगण्डकी बेसिनको माथिल्लो र मध्य उपबेसिनको उच्च उचाइमा पानीको सन्तुलन घटकहरू सबैभन्दा बढी हुने छन् । जलवायु परिवर्तनको असरलाई ध्यान दिँदै कालीगण्डकी बेसिनमा खानेपानी आपूर्ति र मागको योजना बनाउन आवश्यक देखिन्छ । धेरै जलविद्युत् आयोजना सञ्चालनमा रहेका र त्यसले लाभ लिन पनि सक्छन् । कालीगण्डकी क्षेत्रमा पानीको उपलब्धता र त्यसको मात्रामा भएको वृद्धिले स्रोतलाई पहिचान गरी त्यसको उचित उपयोग गर्न सकेको खण्डमा जीवनस्तरका लागि लाभदायक हुन सक्छ ।सामान्यतया, जलवायु परिवर्तनको प्रभाव लाभदायक पनि हुन सक्छ । हिमालबाट भरपर्दो पानी उपलब्ध भएसँगै यसको अधिकतम लाभ उठाउनु पर्छ । जलाधार क्षेत्र अझै मलिलो र हरियाली हुन सक्छ तर यसको नकारात्मक असर जस्तै बाढी र ग्लोफहरूलाई यत्तिकै बेवास्ता गरेमा व्यवस्थापन गर्न गाह्रो पनि बन्न सक्छ ।
बागमती प्रदेश सरकारले प्रादेशिक अस्पतालको श-या वृद्धि, प्राविधिक कर्मचारीको दरबन्दी थपलगायतमा कार्य गर्दै स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धिसँगै सहुलियतपूर्ण स्वास्थ्य सेवामा जोड दिएको छ ।
समयमै सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या भएको भन्दै बागमती प्रदेश सरकारले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको छ ।
दुध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान (डिडिसी) यो चालु आर्थिक वर्षमा नाफा कमाएको छ । प्राप्त विवरण अनुसार छ वर्षदेखि घाटामा रहेको डिडिसी यो चालु आव २०८०/८१ को छ महिनामा नाफामा गएको देखिन्छ ।
बाजुरामा उत्पादित नेपाली हाते कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा परेका छन् । जिल्लाको खप्तडछेडेदह, बडीमालिका र त्रिवेणीलगायत विभिन्न स्थानीय तहमा अहिले नेपाली हातेकागज उत्पादन हुन्छ ।
स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो ।
मधेश प्रदेशका शिवालयमा आराध्यदेव शिव भगवान्लाई बेलपत्र, धतुरोको फूल, दुध, याकको पात चढाएर शुक्रबार भव्य रूपमा महाशिवरात्रि पर्व मनाइएको छ । पूजाआराधना गर्न एकाबिहानैदेखि शिवा
सरकारले अन्तरतह समन्वय र सहजीकरण गरी सङ्घीयता कार्यान्वयनमा देखिएका समस्याको समाधान गर्ने कार्यलाई तीव्रता दिन थालेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
नेपाली औषधी उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यसहित ‘नवौँ फर्मा एक्स्पो’ चितवनमा सुरु भएको छ ।नेपाल औषधी उत्पादक सङ्घ (एपोन) को आयोजनामा भरतपुरमा तीन दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा देश विदेशका गरी १८० वटा औषधी उद्योग, औषधी उपकरण तथा स्वास्थ्य विज्ञानसम्बन्धी स्टलहरू प्रदर्शन गरिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा