गत वर्षको तुलनामा यो वर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्यामा ३३ प्रतिशतले कमी आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरबाट निस्कने फोहोरलाई जथाभाबी फाल्ने र निर्माण सामग्री सडकमा राखेर सडक अवरुद्ध गर्नेलाई जरिवाना गरिएको छ ।
बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन चार लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी बिहान गनिएको हो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधी बिक्रेताहरूलाई आग्रह गर्नुभएको छ ।
कुनौली-राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ ।
कहीँ कतैबाट पानीको स्रोत देखिँदैन तर बाह्रै महिना पानी सुक्दैन गलेश्वरस्थित बराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको बराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन ।
कोरोनाकालबाट विवादित बनेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को श्री सिंहबाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समूह सक्रिय भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको बेला नागरिक उन्मुक्ति पार्टीबाट तीन जनाले रातारात मन्त्रीको शपथ लिएपछि सो पार्टीभित्र किचलो सुरु भएको छ ।
ओखलढुङ्गामा दुई दिनको अवधिमा चार वटा घटना घटेका छन् । चार दिनमा मदिरा सेवनका कारण गर्भवतीको निधन, भीरबाट लडेर युवकको मृत्यु, जङ्गलको आगो बस्ती छिर्दा एक घर जलेर नष्ट हुनुका साथै मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कारको घटना भएका छन् ।
पर्यटकीय नगरी मकवानपुरको उत्तरी क्षेत्रमा रहेको पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । थाहा नगरपालिका वडा नं. २ मा अवस्थित पालुङ गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार र स्थानीयवासी जुटेका हुन् ।
जिल्लाको बनेपा नगरपालिका-५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् ।
इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिबार देशको दक्षिणी तटमा पल्टिँदा छ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।
उत्तरपश्चिमी गाजामा एक प्यारासुट खोल्न असफल भएपछि बक्समा ठोक्किएर पाँच जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
स्याङ्जाको वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबको चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।
दाङमा लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट कार्यक्रम भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला फुटबल सङ्घको समन्वयमा महिला खेलाडी छनोट कार्यक्रम सुरु भएको हो ।