• १३ असोज २०८१, आइतबार

खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

blog

भलिबल प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै वालिङ नगरपालिका प्रमुख कृष्ण खाँण लगायत । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, फागुन २६ गते । 
स्याङ्जाको वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबको चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा राष्ट्रिय स्तरमा खेल प्रदर्शन गरिसकेका खेलाडीसहित नौ टिमहरू सहभागी छन् भने ३५ वर्ष उमेर समूह पार गरेका भेट्रान्स समूहतर्फ आठ टिम सहभागी रहेका क्लबका अध्यक्ष दीपेन्द्र खाँणले जानकारी दिनुभयो । खेल लिगकम नकआउट विधिबाट सञ्चालन हुने अध्यक्ष खाँणले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद एक लाखसहित शिल्ड प्राप्त गर्दा तृतीय हुने टिमले नगद ५० हजार र शिल्ड एवम् सान्त्वना हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो । यस्तैगरी, विभिन्न सात विधामा पनि खेलाडीहरूलाई पुरस्कृत गरिने शर्माले बताउनुभयो ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले आगामी तीन वर्षमा खेल क्षेत्रको विकासमा महसुस हुने गरी नीति नियम तथा बजेटको व्यवस्था गर्ने बताउनुभयो ।