लालझाडी– ४ स्थित दोदा नदीमा जाल हानेर माछा मार्न जाल हान्दै राना थारु समुदायका व्यक्ति ।
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले कबड्डी सुपर लिगको उपाधि जितेका छन् ।
फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिद्ध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ।
समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा प्रसिद्ध छिम्केश्वरी मन्दिर अवस्थित छ । जिल्लाकै सर्वोच्च उचाइमा रहेको उक्त मन्दिरमा पुग्ने जो कोही पर्यटकलाई मनोरम प्राकृतिक दृश्यले आकर्षण गर्ने गर्दछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो ।
हङकङसँगको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा शनिबार जितका लागि घरेलु टोली हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।
तराईका वन क्षेत्रमा इजिप्सियन (सेतो) गिद्धको गुँड नदेखिँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । गिद्धको सानो प्रजाति सेतो गिद्धको गुँड पछिल्ला दुई–तीन वर्ष यता तराई क्षेत्रमा नदेखिँदा अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने गिद्ध अनुसन्धानकर्ता तथा पन्छीविज्ञ कृष्ण भुसालले बताउनुभयो ।
अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजन बिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा फैलिएको कृत्रिम जलाशय । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सात लाख गरी दुई करोडको लागतमा शिव सरोवरको निर्माण भएको हो ।
पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका-८ मा एकतले चारकोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो ।
अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’ ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको शनिबार बताएको छ ।
प्रेस सेन्टर नेपाल जिल्ला समिति गोरखाले सूचना प्रविधि तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ।
गोरखाको सहिदलखन गाउँपालिका–२ ढाँडबारीमा रहेका मगरसमुदायले मनकामना मगर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् ।
सरकारले माध्यमिक तहसम्मको पठन पाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।