• २ असार २०८१, आइतबार

गोरखामा सूचना प्रविधि तथा पत्रकारिता तालिम

blog

गुणबहादुर रोका 

सुलिकोट, फागुन २६ गते। प्रेस सेन्टर नेपाल जिल्ला समिति गोरखाले सूचना प्रविधि तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ। शनिबार भीमसेन थापा गाउँपालिका–५ मिलनबस्तीको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले तालिमको उद्घाटन गर्नुभएको हो। 

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले यो समाजमा लुकेका क्षेत्र र विषयवस्तुलाई सार्वजनिक गर्न महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो। 

प्रेस सेन्टर नेपाल जिल्ला समिति गोरखा र भीमसेन थापा गाउँपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो। 

प्रेस सेन्टर नेपाल जिल्ला समितिले आयोजना गरेको सूचना प्रविधि तथा आधारभूत पत्रकारिता तालिममा ४० जनाको सक्रिय सहभागिता भएको आयोजकले जनाएको छ।

कार्यक्रमका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ जलनले पछिल्लो समय सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचारलाई टेकेर समाजमा धारण बनाउने गरेकाले मिथ्या समाचारलाई चिर्न र सही समाचार पहिचान गर्न सक्नुपर्नेमा जोड्दिनुभयो।