नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल अहिले पनि संकटको भुमरीबाट गुज्रिरहेको बताउनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
महाशिवरात्रीको अवसरमा स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्र मन्दिरको आम्दानी छ लाख ४६ हजार ३३४ रुपियाँ भएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताउनुभयो।
परियार सेवा समाजको अध्यक्षमा बलबहादुर सुन्दास निर्वाचित हुनु भएको छ । शुक्रबार सम्पन्न समाजको २८ औँ साधारण सभा तथा एकता भेलाले १२१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ समीकरणको सरकारलाई सफलताको शुभकामना दिनुभएको छ । शनिबार विज्ञप्ति जारी गर्नुहुँदै उहाँले शुभकामना दिनुभएको हो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माणका लागि ५१ लख बराबरको जग्गादान गर्नुभएको छ । पूर्वमन्त्री हमालले नेपालगञ्ज उपमहानगरपालिका-१२ गोरखनगरमा रहेको ५१ लाख मूल्य पर्ने ११ धुर जग्गा दर्शन समाज संस्थालाई भवन निर्माणका लागि दान गर्नुभएको हो ।
नेपालगन्जमा मुस्लिम समुदायका अति विपन्न ३२० परिवारलाई कतार च्यारिटी नेपालले खाद्यान्न वितरण गरेको छ।
सात दिन लगाएर सगरमाथा आधार शिविर पुगेका महिलाले हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानका क्रममा सगरमाथा आधार शिविर पुगेर महिलाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय अनुशासन आयोगले उपत्यका विशेष प्रदेश कमिटी र बागमती प्रदेश कमिटीका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सबै प्रदेश कमिटीका लागि अनुगमन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने आयोगको निर्णय बमोजिम दुई प्रदेश कमिटीका प्रशिक्षण सम्पन्न भएको हो ।
नेकपा (माओवादी केन्द्र) का सांसद एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ।
बुढीगङ्गा नदीमा हाम फाल्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका –२ सिम्लाकी अञ्दाजी ३८ वर्षीया जानकी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तमा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात यात्रुको मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रान्तीय ट्राफिक प्रहरी अधिकारी अबिदुल्लाह मिरवाइसले शनिबार बताउनुभएको छ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रबिचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभएको छ ।
हेटौँडा–४ हुप्रचौरमा अन्तर क्याम्पस टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले शनिबार उद्घाटन गर्नुभयो ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषक सूर्यमुखी खेतीतर्फ आकर्षित भएका छन् । मकवानपुरका विभिन्न स्थानमा सूर्यमुखी फुलको खेती हुँदै आए पनि मकवानपुरगढी ३ को धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी ढकमक्क फुलेपछि कृषक हर्षित भएका हुन्।