• २५ वैशाख २०८१, मङ्गलबार

हेटौँडामा टी–२० क्रिकेट प्रतियोगिता सुरु

blog

अनिल पराजुली

हेटौँडा, फागुन २६ गते । हेटौँडा–४ हुप्रचौरमा अन्तर क्याम्पस टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले शनिबार उद्घाटन गर्नुभयो । 

उद्घाटन खेलमा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस विजयी भएको छ । हेटौँडा सिटी कलेजलाई सात विकेटले पराजित गर्दै हेटौँडा स्कुल अफ म्यानेजमेन्टले विजयी सुरुवात गरेको हो ।

हेटौँडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फागुन २९ गतेसम्म सञ्चालन हुने छ ।

हेटौँडा जेसीजको आयोजनामा भएको प्रतियोगितामा गृह जिल्लासहित बारा, पर्सा र चितवनका क्याम्पसहरूले सहभागिता जनाएको हेटौँडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो । 

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।