कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुनै पनि पशु फर्म वा गोठमा नयाँ पशु ल्याउँदा त्यसलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड तय गरेको छ । कृषि मन्त्रालयले पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०८० मा सो मापदण्ड उल्लेख गरेको छ । गोठ वा पशुपालन गर्ने फार्ममा स्वस्थ पशु राख्नु पर्छ । अन्यत्रबाट नयाँ पशु ल्याउँदा स्वस्थ प्रमाणित पशु मात्र ल्याउनु पर्छ र त्यस्ता पशुलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्डमा उल्लेख छ ।
नेपालको संविधानको धारा ११९ बमोजिम प्रत्येक आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा जेठ १५ गते पेस गर्नुपर्ने छ । राजस्व तथा व्ययको अनुमानलाई स्वीकृत नगरेसम्म कार्यान्वयन हुन नसक्ने संवैधानिक बाध्यता छ । साथै सङ्घको बजेट पारित भएपछि त्यही आधारमा प्रदेश तथा स्थानीय तहमा बजेटको व्यवस्थापन हुने संवैधानिक तथा कानुनी पाटो रहेको छ । यसर्थ बजेटको प्राथमिकता र सिद्धान्तले बजेट निर्माणमा महìवपूर्ण भूमिका निर्वाह गर्ने हुनाले प्रत्येक वर्ष बजेटको प्राथमिकता र सिद्धान्तको सन्दर्भमा सङ्घीय संसद्मा छलफल हुने संवैधानिक तथा कानुनी व्यवस्था पनि छ ।
पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । सोही यात्राका लागि आज विहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गर्नुभएको छ ।
नेपालको संविधान, २०७२ को धारा २३८ मा संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ । संविधानले अख्तियारको काम, कर्तव्य र अधिकारसमेत तोकेको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्न आयोगले अख्तियार ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार नियमावली, २०५९ एवं अन्य प्रचलित अन्य कानुनी व्यवस्था र आयोगको कामकारबाहीसम्बन्धी कार्यविधि, निर्देशिका एवं मापदण्डमा आधारित भई सदाचार, निष्पक्षता र निर्भीकताको सिद्धान्त अवलम्बन गरी कार्यसम्पादन गर्दै आएको कुरा कसैबाट छिपेको छैन ।
विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने मौलिक पहिचान बोकेको पन्चैबाजा लोप हुन थालेपछि खजुरा गाउँपालिका–३, धवलागिरिका बासिन्दा पन्चैबाजा संरक्षणमा जुटेका छन् । स्थानीयको संरक्षणका कारण विवाह, पूजापाठ र विभिन्न शुभकार्य उद्घाटन समारोहमा प्रायः खजुराको पन्चैबाजा समूहको टोली पुग्ने गरेको छ ।
चक्रिय धौलागिरि पदमार्गअन्तर्गत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मा अवस्थित मुदी गाउँ ।
चलचित्र ‘बोक्सीको घर’ को ट्रिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रिजरमा समाजमा बोक्सी भनेर लगाइने आरोप, त्यसकै आधारमा महिलामाथि हुने अन्याय र त्यसको परिणाम देखाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्छ भन्ने तथ्यलाई ट्रिजरले उजागर गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको धावनमार्ग छुने समानान्तर ट्याक्सीवे विस्तार गर्न लागिएको छ । विस्तारका लागि निर्माणको काम सुरु भएका कारण उत्तरी क्षेत्र (बौद्ध) बाट हुने जहाज अवतरणमा तीन महिना रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी चैत १९ देखि असार १६ गतेसम्म उत्तरी दिशाबाट हुने ठुला जहाजको अवतरणमा रोक लगाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । आइतबार बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा विश्वासको मत र राष्ट्रिय सभाको अध्यक्षमा उक्त दलका तर्फबाट उम्मेदवारीबारे छलफल पनि भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको चुनाव हुन लागेकाले ह्विप जारी गर्दै सांसदलाई तत्काल उपत्यकाबाहिर नजान आग्रह गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ भने मङ्गलबार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने कार्यतालिका छ ।
तनहुँका म्याग्दे गाउँपालिकाले आवश्यक तालिम दिने मात्रै नभई उत्पादन भएका सामग्री बजारीकरण हुन थालेपछि महिलाले फुर्सदको समयलाई साबुन बनाउनमा सदुपयोग गर्न थालेका छन् । हातमा सिप नहुँदा फुर्सद भएर मोबाइल लिएर सामाजिक सञ्जालमा भुलेर समय काट्ने महिलाले यतिखेर आम्दानी लिन थालेका छन् । म्याग्दे गाउँपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) बाट साबुन बनाउने निःशुल्क तालिम पाएपछि उत्साहका साथ म्याग्दे गाउँपालिका–४, थुर्पका महिलाले उद्यमी बन्न सक्रियता देखाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्दछ । इशापूर्व ५६३ वैशाख पूर्णिमामा आमा मायादेवीको कोखबाट सिद्धार्थ गौतमबुद्धको जन्म भएको स्थल हो लुम्बिनी । लुम्बिनी विश्वकै धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । मायादेवी आफ्नो घर कपिलवस्तुबाट माइती देवदह जाँदैगर्दा बाटोमै लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो । लुम्बिनीमा मायादेवी मन्दिर मुख्य आकर्षणको केन्द्र बनेको छ । धार्मिक पर्यटनको दृष्टिले नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीको नामले यस प्रदेशको पनि नामकरण गरिएको छ ।