सङ्घीय सरकारमा गठबन्धनमा परिवर्तनसँगै लुम्बिनीमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने भएको छ । प्रदेश सभामा रहेका ८६ प्रदेश सभा सदस्य मध्ये एमाले, माओवादी गठबन्धनको सरकार बन्ने गणितीय समीकरणले देखाएको छ ।
चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाल–लिपिङले एएफपीसँग बताएको छ ।
सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ ।
उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ । पदभार समाल्दै मन्त्री यादवले सङ्घीय तथा प्रादेशिक अस्पतालमा शल्यक्रियामा हुँदैआएको ढिलाइ घटाई छिटो छरितो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ३० हजार ९६० पुगेको छ भने ७२ हजार ५२४ अन्य घाइते भएका छन् ।
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।
कोशी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका-३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकादेखि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित तीर्थस्थलमध्येको एक हो ।
प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१०, सोल्टीबाट चार राउण्ड गोलीसहित दुई युवक पक्राउ परेका छन् ।
खोटाङमा तीन वटा घर जलेर नष्ट भएका छन् ।
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री उपेन्द्र यादव र मन्त्री नवलकिशाेर साह सुडीले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
काठमाडौँबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु गरेका छन् । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन् ।
कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ ।
काठमाडौँ, फागुन २७ गते । चुनावमा कुनै दल विशेषको स्पष्ट बहुमत नआउँदा राजनीति र सरकारले स्थायित्व पाउन सक्दैन भन्ने देखिइसक्यो । सबैलाई थाहा भएकै विषय हो, एउटा दलको बहुमत नभएपछि सरकार फेरिइरहने घटना भइरहन्छन् । यसलाई सहजरूपले हेर्नुपर्छ । वर्तमान सरकार सुरुमा नेकपा (एमाले)लगायतको सहयोगमा बन्यो त्यसपछि फेरि कांग्रेसको समर्थन भयो । अहिले फेरि एमालेको समर्थन प्राप्त छ ।पहिलोपटक सदनमा प्रवेश गरेकाले सोचेको भन्दा भिन्न महसुस भइरहेको छ । विधायकको मुख्य जिम्मेवारी र भूमिका कानुन निर्माण भए पनि जनताका आवश्यकता सम्बोधन तथा देशको समृद्धिका विषयमा पनि सोच्ने र ध्यान पुर्याउनपर्ने दायित्व हामीमा छ । मेरो बुझाइमा राज्य र जनताका लागि केही गर्छु भन्नेहरुका लागि संसद् महत्त्वपूर्ण ठाउँ रहेछ । त्यसैले यति महत्त्वपूर्ण ठाउँलाई जनताको पक्षमा भरपुर सदुपयोग गर्नुपर्छ भन्नेमा म दृढ छु । तर संविधानप्रदत्त सेवासुविधा जनतालाई सहज र सुलभरूपमा उपलब्ध गराउनुपर्नेमा त्यसमा कमीकमजोरी भयो भन्ने लाग्छ । कानुन निर्माणलाई हामीले तीव्रता दिन सक्नुपर्छ । सुरुआती दिनमा राजनीतिक तालमेल, सरकार र समिति गठनमै धेरै समय खर्चनु परेकाले कानुन निर्माणमा आशातित प्रगति हुन सकेन ।विधायकहरू पार्टीका काम विशेषबाहेक सदन र संसदीय समितिका बैठकमा निरन्तर उपस्थित हुनुपर्छ । तर सांसदको पनि भूगोल, जिल्ला, निर्वाचन क्षेत्र हुने भएकाले कहिलेकाहीँ जिल्ला जानुपर्ने बाध्यताले बैठकमा उपस्थित हुन नसकेको अवस्थालाई अन्य ढङ्गबाट बुझिदिन हुन्न । सबै ‘माननीय’लाई एउटै आँखाबाट हेर्न हुन्न । तथापि जनताले विकास निर्माणका विषयमा सङ्घीय सांसदसँग निकै ठूलो आशा र अपेक्षा राखेका हुन्छन् ।देशको परिस्थिति र समाजको स्थितिका आधारमा सांसदहरु विकास निर्माणमा सहभागी हुने वा नहुने भन्ने निर्धारण गर्छ । चुनावका बेला भोट माग्न जाँदा जनतासँग कबुल गरेका विषय सम्बोधन गर्नैपर्छ । जिल्ला जाँदा मतदाताले धारा छैन, कुलो भत्केको छ, विद्यालय भवन चर्केको छ, खानेपानी समस्या भो भन्नुहुन्छ । जनताका ती अपेक्षाको सम्बोधनका लागि जनप्रतिनिधिले हरसम्भव प्रयास गरिदिनुपर्छ । राजनीतिक दलहरूले पनि सांसदले विकास निर्माणका काम गर्ने होइन, कानुन निर्माणमा केन्द्रित हुनुपर्छ भनेर जनतालाई बुझाउन सकेका छैनन् ।मैले प्रतिनिधित्व गर्ने पर्साका जनताको मुख्य माग सडक कालोपत्र, नाला व्यवस्थापन, खानेपानी आपूर्ति, विद्यालय भवन पुनःनिर्माण इत्यादि छन् । यी देशैभरको प्राथमिकतामा पर्ने विषय हुन् । हामीले जनतालाई सांसद भनेको विकास ल्याउने हो भनेर सिकाइदिएका छौँ, त्यो बुझाइ भएपछि जनताले माग तेर्स्याउनु अस्वाभाविक होइन । जनता कानुनभन्दा विकासका योजनाकै कुरा बढी गर्नुहुन्छ ।सदनमा महिला भएकै कारण बोल्ने र विषयवस्तु राख्ने सवालमा नेकपा एमालेले अवसरबाट वञ्चित गराएको छैन । बरु धारणा राख्न प्रोत्साहन नै गरेको अनुभूति मलाई भएको छ । मुुलुकमा राजनीतिक परिवर्तनका बखत होस् वा सरकार फेरबदलका क्रममा भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनको विषयलाई राजनीतिक दलले मूल एजेण्डा बनाएका छन् । हामी पनि यो विषयमा अलमलमा परेका छौँ । किन यस्तो भयो, कसरी भयो भन्ने लाग्छ ।प्रमुख कारण भनेको स्थायी सरकार नभएर नै हुनुपर्छ । कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्म भ्रष्टाचार फैलिएको छ भन्ने जनताको बुझाइ छ । सबै विषय जनताले भनेजस्तो नभए पनि कतिपय अवस्थामा यो प्रमाणित भएको छ । भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दल र सरकार एक ठाउँमा हुनुपर्छ । प्रतिबद्धता गर्नुपर्छ । प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन हुनुपर्छ । त्यो भएमा भ्रष्टाचार न्यूनीकरण हुन्छ भन्नेमा आशा गर्न सकिन्छ ।भ्रष्टाचार बढाउन हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली पनि केही हदसम्म दोषी छ । निर्वाचनमा यति पैसा खर्च गर्नुपर्छ भनी कहीँकतै लेखिएको छैन । हामी राजनीतिक दल र उम्मेदवारबाटै चुनावलाई धमिल्याउने र धेरै खर्च गर्ने काम गरिरहेका छौँ । यसमा सुधार गरिनुपर्छ । हामीले राजनीतिक परिवर्तन गरे पनि समाज परिवर्तन गर्न सकेका छैनौँ । समाजलाई आर्थिकरूपले सम्पन्न गर्न सकिएको छैन । राजनीतिक दल र नेतृत्वप्रति जनताले ठूलो अपेक्षा राखेका थिए । परिवर्तनको उपलब्धिको महसुस जनतालाई दिन सकिएन ।नेपाली समाजमा पनि आशाभन्दा निराशाको लहर ठूलो छ । नेतृत्वबाट पनि निराशाकै कुरा बढी सुनिन्छ । जनतालाई हाम्रो देश हामी आफैँ बनाउनुपर्छ, बनाउन सकिन्छ भन्ने आशा र ढाडस दिलाउने सन्देश दिनुपर्छ । राजनीतिक परिवर्तन भइसकेकाले अब हाम्रो मिसन समाज परिवर्तनका लागि हुनुपर्छ । समाजमा भएका अन्याय, विभेद, धनी र गरिबबीचको खाडल अन्त्यमा केन्द्रित हुनुपर्छ । त्यसका लागि केही समय लाग्न सक्छ, प्रयास जारी राख्नुपर्छ । प्राकृतिक हिसाबले हामी निकै धनी देश हौँ । निराशा छर्ने होइन, आशाको सन्देश प्रवाह गरेर देश बनाउनुपर्छ । त्यसका लागि दल, नेता र जनता एकाकार हुनुपर्छ । हरेक क्षेत्रमा देखिएका निराशा अन्त्य गर्नुपर्छ । मिडियाको प्रयोग पनि सकारात्मक कामका लागि हुनुपर्छ । युवा विद्यार्थीलाई आशा जगाएर विदेश पलायनबाट रोक्नपर्छ । म ढुक्क भएर भन्छु हाम्रो देश बन्छ । हामी बनाउँछौँ । अरुले बनाइदिने होइन, आफैँले बनाउनुपर्छ । प्राकृतिकरूपले बनिबनाउ नेपालाई समृद्धि प्रदान गर्न हामीले केही मेहनत गर्नुपर्छ । हामी आ–आफ्नो ठाउँबाट लागौँ । ढुक्क हुनुस् देश बन्छ ।सांसद कोइरालाको परिचयअखिल नेपाल महिला सङ्घ सिन्धुली जिल्ला सदस्यबाट राजनीतिमा प्रवेश गर्नुभएकी सांसद कोइराला पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–१५ को स्थायी बासिन्दा हुनुहुन्छ । नेकपा एमाले वीरगञ्ज–१५ वडा कमिटी सचिव, नगर कमिटी, जिल्ला कमिटी, राष्ट्रिय परिषद्, आमन्त्रित केन्द्रीय समिति सदस्यको जिम्मेवारी सम्हाल्नुभएकी नेत्री कोइराला करिब साढे तीन दशकदेखि नेकपा(एमाले)को सक्रिय राजनीतिमा सहभागी हुनुहुन्छ । मुलुकमा राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा उहाँ केही समय थुनामा समेत रहनुभयो ।(सांसदसँग रासस संवादमा सांसद निर्मला कोइरालासँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।) रासस