प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउनुभएको छ ।
‘डा. ओम फाउन्डेसन’ले विद्यालयस्तरीय राष्ट्रव्यापी प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल प्रदान गरिएको हो ।
संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित नागेश्वर मन्दिर आझेलमा परेको छ । पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजाराँै रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधु/सन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
परिस्थितिलाई प्रदर्शन गर्ने समग्र अवस्थालाई पारिस्थितिकी भन्न सकिन्छ तर विषय वा प्रसङ्गवशले पारिस्थितिकी शब्दलाई प्राकृतिक पर्यावरण (इकोलोजी) सँग मात्र जोडेर बुझ्ने गरिएको छ । प्राणीहरू (जीव तथा वनस्पति ) र अजैविक वस्तुहरू स
एपेन्डिक्स र पित्तथैली दुवै अङ्ग पाचन नलीका सहायक अङ्ग भए पनि पाचन प्रक्रियामा पित्तथैलीको निकै महत्व हुन्छ । खासमा चिल्लो खानेकुरा पचाउनका लागि पित्तथैलीको निकै महìवपूर्ण भूमिका रहन्छ । एपेन्डिक्सको क्यान्सर एपेन्डिक्स नामको अङ्ग शाकाहारी जीवका लागि निकै महत्वको अङ्ग हो । जीव विकासक्रम (इभोलुसन) का क्रममा मानिसमा भने एपेन्डिक्स काम नलाग्ने अङ्गमा परिणत हुन गयो तर पनि यही अङ्ग बेलाब
मकवानपुर प्रहरीले करिब आठ लाख भारतीय र नेपाली रुपियाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
१. सास लिनमा कठिनाइ । २. थकान महसुस । ३. निरन्तर खोकी । ४. शरीरको तौल अचानक घट्नु । ५. निल्नमा कठिनाइ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७, पाङ्गे्रटारस्थित वसन्तपुरमा सहयोग जुटाएर विन्ध्यवासिनी मन्दिर निर्माण गरिएको छ । उक्त मन्दिर ३२ लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष सुकदेव तिमल्सिनाले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) बाट पार्टीमा समावेश भएका दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नै शपथ ग्रहण गराउने हुनुभएको छ ।
मधेश प्रदेश सरकारले प्रदेश र जिल्लास्तरीय सहकारी खोल्नको लागि कानुनी व्यवस्थासहित रजिस्ट्रार कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेश सहकारी रजिस्ट्रार कार्यालय सञ्चालनसँगै जिल्ला र प्रदेशस्तरको सहकारी खोल्ने बाटो खुल्ला भएको छ ।
पोखरा महानगरले आज आधा दिन बिदा दिएको छ । आफ्नो सातौँ स्थापना दिवस मनाउनका लागि बिदा दिएको हो । दिवसको उपलक्ष्यमा आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिइएको छ ।
अभियानका रूपमा सुरु गरिएको दादुरा–रुबेला रोगविरुद्धको खोप बागमती प्रदेशमा लक्ष्यको करिब ७० प्रतिशत बालबालिकालाई लगाइएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका १३ जिल्लामा गरी १२ लाख ३० हजार ६२४ बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा लक्ष्यको ६६.८८ प्रतिशत अर्थात् आठ लाख २३ हजार ५८ जना बालबालिकालाई हालसम्ममा खोप लगाएको जनाएको छ ।
सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेर ९ मिनेटमा सुरु हुनेछ ।