सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, फागुन २६ गते । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७, पाङ्गे्रटारस्थित वसन्तपुरमा सहयोग जुटाएर विन्ध्यवासिनी मन्दिर निर्माण गरिएको छ । उक्त मन्दिर ३२ लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष सुकदेव तिमल्सिनाले जानकारी दिनुभयो ।
सुनकोशी गाउँपालिकाको १५ लाख, उक्त पालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले पाँच लाख, निर्माण समितिका अध्यक्ष सुकदेव तिमल्सिनाले पाँच लाख, रामशरण तिमल्सिनाले एक लाख ५० हजार, धु्रव तिमल्सिनाले एक लाख ११ हजार, सीताराम तिमल्सिनाले ५१ हजार, विनोद तिमल्सिनाले ५० हजार, प्रकाश तिमल्सिनाले ५० हजार र महेश तिमल्सिनाले ५० हजार रुपियाँ सहयोग गरेको समितिले जनाएको छ । मन्दिर निर्माणमा पाँच हजार रुपियाँदेखि सहयोग गर्ने सहयोगी दाताको नाम शिलालेखमा राखिने अध्यक्ष तिमल्सिनाले बताउनुभयो । पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरको झल्को दिने मन्दिरमा माता विन्ध्यवासिनीको प्रतिमा राखिएको छ ।
मन्दिर प्राणप्रतिष्ठा कार्यव्रmममा बागमती प्रदेशका पूर्वमन्त्री सरेश नेपाल, पालिका अध्यक्ष तिमल्सिना, गोरखनाथ कल्याण केन्द्रका अर्जुनप्रसाद रेग्मी, तिमल्सिना समाज नेपालका अध्यक्ष नवराज तिमल्सिना, वरिष्ठ उपाध्यक्ष कपिल तिमल्सिना, महासचिव होम तिमल्सिना, बागमती प्रदेशका अध्यक्ष चन्द्रमणि तिमल्सिनालगायतको उपस्थिति थियो । यसै गरी वसन्तपुरमै एक करोड ५० लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण हुने बाबा गोरखनाथ मन्दिरको शिलान्यास गरिएको छ । ९० फिट उचाइको गोरखनाथ मन्दिर बन्ने सुकदेव तिमल्सिनाले बताउनुभयो ।