अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक युवक पक्राउ परेका छन् । भेरी नगरपालिका ५ छिप्रेनाका २६ वर्षीय दुर्गबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
“खान्नँ के म कति भन्नु त्यहि एउटै कुरा पनि, छ्या” भन्दै रीया भित्र कोठाबाट झर्को मान्दै उत्तर फर्काउँछे । आफ्ना सन्तानको पेट भर्न अघि सरेकी ती आमा त्यही ढोकाबाहिर मन खिन्न बनाएर बस्न बाध्य हुन्छिन् । पाँचौँ पटकसम्म त्यही ढोकासँग बोलेसरह महसुस गरेकी मेरी आमालाई छैटौँ पटक भने झर्केको नै आवाज आउँदा पनि मनलाई केही राह
कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् ।
हृदयकेन्द्रमा सत्य निस्सासिरहेछ कयौँ प्रयासका बाबजुद विचरा सत्य ! ओठसम्म आउन सक्दैन अनि
मानव र प्रकृतिबिचको अन्तर सम्बन्धबाट वाताबरणको अवस्था निर्धारण हुने गर्दछ र त्यसको प्रभाव व्यक्ति, समाज, राष्ट्र तथा समस्त प्राणी जगतमा पर्ने गर्दछ । तर वर्तमान सन्दर्भमा मानव र प्रकृतिबिचको सम्बन्धमा असन्तुलन स्थिति सृजना भई मानिस तथा जीव जन्तुहरूले विभिन्न प्रकारका बिपत्ति, सङ्कट तथा अबरोहहरूको सामना गर्नु परेको कुरालाई कवि कृष्ण बाउसेले पर्याप्रेमको गुञ्जन कविता सङग्रह मार्फत व्यक्त गरेका छन् । सामान्य रूपमा भन्नु पर्दा पर्याप्रेमको गुञ्जन कविता सङग्रह भित्रका अधिकांस कविताहरू पर्यावरण दर्शनमा आधारित देखिन्छ । पर्यावरणभित्र मानव, वातावरण, वस्तु, प्रकृतिका विविध सृजना तथा प्रव्रिmयाका साथै यसको अन्तर स
बैतडीमा मध्य पहाडी लोकमार्ग भए पनि काठमाडौँ चल्ने बसले यात्रु नपाउँदा बससेवा ठप्प छ । कुल १८ करोड रुपियाँ खर्च गरेर निर्माण भएको बैतडी विमानस्थलको हवाईउडान पनि बन्द छ । पहाडमा गुड्ने र उड्ने साधनले यात्रु पाउन सकेका छैनन् । बैतडीका १० स्थानीय तहका ८४ वडामा सडक सञ्जाल पुगे पनि रिजर्भ बाहेक गाडी चल्दैनन् । अवसरको खोजीमा मानिसले पहाड छोड्न थालेपछि गाउँ बस्ती उजाड बनेको छ ।
सरकारले नीतिगत सहजीकरण गरे नेपालको तयारी पोसाक निर्यातलाई विगतकै अवस्थामा फर्काउन सकिने सरोकारवालाले औँल्याएका छन् । नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभामा सहभागीले सरकारको साथ र निजी क्षेत्रको उत्साहलाई सही ढङ्गले परिचालन गर्न सके निर्यात र आन्तरिक खपतलाई व्यापक बनाउन सकिने धारणा राखेका छन् । कार्यक्रममा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले सन् १९८० को दशकबाट नेपालमा तयारी पोसाक उद्योग स्थापना भएको र निर्यातमा इतिहास लेखेको प्रसङ्ग उल्लेख गर्दै सरकारको नीतिगत सुधार तथा निजी क्षेत्रलाई प्रवर्धन गर्ने हो भने निर्यात व्यापारलाई उकास्न धेरै समय नलाग्ने जिकिर गर्नुभयो ।
एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपियाँले बढेको छ । गत साताको शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुक्रबार बढेर तोलामा एक लाख २५ हजार रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सातको पहिलो दिन आइतबार प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएकोमा सोमबार सोही मूल्य कायम रहेको छ ।
विश्वमा महिलालाई पुरुषसरह श्रमको ज्याला र मतदान अधिकारको मागलाई संस्थागत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको ५० वर्ष लागेको छ ।
पारिवारिक निजी वन संघ, नेपाल धनकुटाको तेस्रो जिल्ला अधिवेसन शनिवार धनकुटास्थित पाख्रिबासमा सम्पन्न भएको छ । अधिवेसनले दिपेन्द्र गौतमको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ ।
पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी हुनु भएको छ ।
नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनीबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन्।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउनुभएको छ।