कोकिला भण्डारी
धनकुटा, फागुन २६ गते । पारिवारिक निजी वन संघ, नेपाल धनकुटाको तेस्रो जिल्ला अधिवेसन शनिवार धनकुटास्थित पाख्रिबासमा सम्पन्न भएको छ । अधिवेसनले दिपेन्द्र गौतमको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ ।
कोशी प्रदेश अध्यक्ष गोपाल भट्टराईको प्रमुख आतिथ्यता एवं पारिवारिक निजी वन संघ, नेपाल धनकुटाका अध्यक्ष यज्ञबहादुर राईको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा फेकोफन धनकुटाका अध्यक्ष निलबहादुर थापाले वन क्षेत्रलाई व्यवस्थित रूपले अगाडि बढाउन डालेघाँस, दाउरा, रूख अन्य आयमुलक क्षेत्रसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।
धान बेचेजस्तै गरेर साल, सखुवा, खयर पनि विक्रिवितरण गर्न पाउनु पर्ने माग उपभोक्ताले गरेका छन् । प्रदेश अध्यक्ष गोपाल भट्टराईको संयोजकत्वमा फेकोफन धनकुटाका अध्यक्ष नीलबहादुर थापा, तोर्णबहादुर खपाङ्गीसहित तीन सदस्यीय निर्वाचन समितिले नयाँ नेतृत्व चयन गरेको हो । संघमा ७९ जना साधारण सदस्य रहेका छन् ।