सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेवीलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका-१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी शक्ति निर्माणमा सबैजना लाग्नुपर्ने बताउनुभयो ।
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दादुरा रुवेलाविरुद्धको खोप लगाउने कार्यक्रम आगामी चैत १ गतेबाट हुने भएको छ । हिमपातले आवतजावत गर्ने अधिकांश खोप केन्द्रको बाटो बन्द भएका कारण खोप कार्यक्रमपछि सारिएको हो ।
कालीकोटको केही स्थानीय तहले बालविवाह रोक्न सिफारिस प्रणाली सुरु गरेका छन् । सचेतीकरणका कार्यक्रमले बालविवाह नरोकिएपछि अब विवाह गर्ने दम्पतीका आफन्तले वडा कार्यालयबाट सिफारिस लिएर मात्र विवाह गर्नुपर्ने निर्णय गर्न थालेका हुन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माण गरेर समाज सेवा गर्न ५१ लाख रुपियाँको जग्गा दान गर्नुभएको छ।
गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताउनुभएको छ ।
बुटवल उपमहानगरपालिका-१५ सेमलारस्थित नवरत्न माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत युवराज तरामु एउटा चित्रले दिने सन्देश समाज परिवर्तनका लागि निकै महत्त्वपूर्ण हुने बताउनुहुन्छ ।
रुपन्देहीमा निजी लगानीमा ९ महिनामै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको संरचना सकिएसँगै फागुन २८ गते उद्घाटन गरेर खेल पनि सञ्चालन गरिदैछ ।
आदिवासी जनजाति अपाङ्गता महिलाको तीन दिने सम्मेलन शनिबारदेखि सुरु भएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।
ताप्लेजुङमा सञ्चालित प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । चासोक तङ्नाम (न्वागी पर्व) २०८० को अवसरमा सञ्चालित गोल्डकप प्रतियोगिता सम्पन्न भएको अढाई महिनापछि आयव्यय सार्वजनिक भएको हो ।
सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
वि.सं २०६४ सालमा सामुदायिक रूपमा स्थापित मङ्गल बहुमुखी क्याम्पसको निर्माणाधीन भवनलाई पूर्णता दिनका लागि करिब सात लाख रुपियाँभन्दा सहयोग सङ्कलन भएको छ ।
नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ ।