• १३ असोज २०८१, आइतबार

कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको आयव्यय सार्वजनिक

blog

कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २६ गते । ताप्लेजुङमा सञ्चालित प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । चासोक तङ्नाम (न्वागी पर्व) २०८० को अवसरमा सञ्चालित गोल्डकप प्रतियोगिता सम्पन्न भएको अढाई महिनापछि आयव्यय सार्वजनिक भएको हो ।

जिल्लास्थित कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङा वोरक सङजुम्बो फुङ्लेङको संयुक्त आयोजनामा सदरमुकाम फुङ्लिङमा कञ्चनजङ्घा सेसेलुङ गोल्डकप आयोजना गरिएको थियो । आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै आयव्याय सार्वजनिक गरेको छ । आयोजकका अनुसार गोल्डकप प्रतियोगिता सञ्चालन गर्दा कुल ३५ लाख ५९ हजार १५ रुपियाँ आम्दानी भएको छ ।

विभिन्न सङ्घ संस्था तथा सहयोगी दाताबाट भएको उक्त आम्दानीमध्ये प्राप्त रकममध्ये ३४ लाख १५ हजार १७० रुपियाँ खर्च भएको छ । प्रतियोगितामा भएको खर्च कटाएर एक लाख ९३ हजार ८४५ रुपियाँ नाफा अर्थात् बचत भएको कञ्चनजङ्घा फुङ्लिङ क्लबका कोषाध्यक्ष कुददिप मादेनले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेतालाई तीन लाख दुई हजार र उपविजेतालाई एक लाख ५१ हजार रुपियाँ पुरस्कारबापत रकम प्रदान गरिएको छ । चासोक तङ्नामको अवसर पारी गत पुस ४ देखि ११ गतेसम्म गोल्डकप प्रतियोगिता सञ्चालन गरिएको थियो ।