बागलुङको तमानखोला गाउँपालिका-३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गर्नुभयो । उहाँहरूले निरन्तर ढाका बुन्न थाल्नुभयो तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निराश बन्नुभएको छ ।
अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ ।
झापाको दमकमा डेढ करोडभन्दा बढीको लागत सहभागितासहित साढे तीन करोडको लागतमा सुविधा सम्पन्न पशुपति सेवा सदन भवन निर्माणको काम सम्पन्न भएको छ ।
सिन्धुली जिल्लामा हालै सञ्चालित दादुरा–रुबेला खोप अभियानमा दुई हजारभन्दा बढी बालबालिका उक्त खोप लगाउनबाट छुटेको पाइएको छ ।
ट्राफिक प्रहरीले चलाएको बोलेरोको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी भूपाल लामाले चलाउनुभएको बा ७ च ५९६ नम्बरको बोलेरो गाडीको ठक्करबाट बाह्रबिसे नगरपालिका–३ का १३ वर्षीय दोर्जे शेर्पा गम्भीर घाइते हुनुभएको हो ।
काठमाडौँ महानगरपालिका-२६ सामाखुसी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ ।
कालीकोटको नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शिक्षकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मंगाला सैनिक माध्यमिक विद्यालयका शिक्षक ४३ वर्षीय केशवराज थापा र उहाँका भतिज २७ वर्षीय गङ्गा थापा रहेका छन् ।
खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समाधान गर्दै जाने बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारले विषादीको बिक्री, भण्डारण, ओसारपसार र व्यावसायिक प्रयोगलाई नियमन गर्न कानुनी प्रबन्ध गर्दै छ । सरकारले प्रदेश सभामा जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएको हो ।
वर्षौँदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौँ सवारी साधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् ।
तिम्रो माया कहिले वसन्तमा फक्रिएको फूल जस्तो ओइलाएपछि
कास्की जिल्लाको पर्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।