पाँच वर्षदेखि कालीगण्डकी कोरिडोरको खोलामा पक्की पुुल बनाउँदै गरेका ठेकेदार निर्माण अलपत्र पारी भागेपछि स्थानीय बासिन्दा ठेकेदारको खोजी गर्न माग गर्दै जिल्ला प्रशासनमा पुुगेका छन् ।
स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले भन्नुभयो, “दलका नेता तथा
नेपालमा भएका अङ्गदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अङ्गदान गरेको विरलै पाइन्छ तर ज्वाइँले सासूलाई कलेजो दान गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।
तनहुँमा आगोले जलेर एक बालकको मृत्यु भएको छ भने दुई जना मलामी गएका घाइते भएका छन् ।
चन्द्रलोक प्रतिष्ठानले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका महिलालाई सम्मान गरेको छ ।
नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।
महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा धनकुटाको भीमदल गणले ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेको छ । भीमदल गणको आयोजना र लेडी जेसिज धनकुटाको सहआयोजनामा विश्रान्ती मन्दिरको आश्रमका ज्येष्ठ नागरिक खाद्यान्न वितरण गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको जनाएको छ । एमालेको आजको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्ना महिला कर्मचारीलाई सम्मान गरेको छ।
हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ ।
सशस्त्र प्रहरी सङ्गठनको पेसागत गतिविधि चक्रअन्तर्गत सुनसरीको बराह वाहिनी पकलीमा सञ्चालित वाहिनीपति कप सशस्त्र प्रहरी बल नेपाल ४ गण हेडक्वाटर सुनसरीले जितेको छ ।
कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह सुरु गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै यसको प्रयोगलाई घटाउन बिहीबारदेखि एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरिएको हो ।
महाशिवरात्रि पर्वको अवसर पारेर हवाई जहाजमार्फत शुक्रबार एकै दिन दुई सय भन्दा बढी भारतीय धार्मिक पर्यटकलाई कैलाश मानसरोवरको दर्शन गराइएको छ।