• १३ असोज २०८१, आइतबार

४ गण हेडक्वाटरलाई बाहिनीपति कप उपाधि

blog

पुरस्कार वितरण गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोख्रेल । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, फागुन २५ गते । सशस्त्र प्रहरी सङ्गठनको पेसागत गतिविधि चक्रअन्तर्गत सुनसरीको बराह वाहिनी पकलीमा सञ्चालित वाहिनीपति कप सशस्त्र प्रहरी बल नेपाल ४ गण हेडक्वाटर सुनसरीले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकलीको खेल मैदानमा गत मंगलबारदेखि जारी वाहिनीपति कप प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र २ कांस्य गरी १४ वटा पदक लागि गणहरूबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण र १ रजत गरी ४ वटा पदकहरू जित्दै सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेक्वाटर सुनसरीले बाहिनीपति कप जितेको हो । 

प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी ५ विधाका खेल भएको थियो । उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हेक्वाटर पकली, सुनसरी दोस्रो र सशस्त्र प्रहरी बल, नेपाल नं. ५ गण हेक्वाटर त्रियुगा उदयपुरले तेस्रो स्थान हासिल गरेको बराह वाहिनीका सशस्त्र प्रहरी उपरीक्षक (प्रवक्ता) दीपेन्द्र गिरीले जानकारी दिनुभयो ।

त्यस्तै फुटबल, भलिबल र टेवलटेनिसतर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेक्वाटर सुनसरी र ब्याडमिन्टनतर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हेक्वाटर पकली, प्रथम भएको छ । 

एथ्लेटिक्स अन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हेक्वाटर र महिलातर्फ सशस्त्र प्रहरी बल, नेपाल नंं. ३८ रिजर्भ गण हेक्वाटर झापाले प्रथम स्थान हासिल गरेको थियो । खेलहरूमा सर्वोत्कृष्ट हुने खेलाडीलाई बराह बाहिनीका बाहिनीपति अञ्जनीकुमार पोख्रेलले ट्रफी, मेडल, प्रमाणपत्र वितरण गर्नुभयो ।