• १३ मंसिर २०८१, बिहिबार

दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई आद्यान्न सहयोग

blog

कोकिला भण्डारी

धनकुटा, फागुन २५ गते । महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा धनकुटाको भीमदल गणले ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेको छ । भीमदल गणको आयोजना र लेडी जेसिज धनकुटाको सहआयोजनामा विश्रान्ती मन्दिरको आश्रमका ज्येष्ठ नागरिक खाद्यान्न वितरण गरिएको हो ।

नेपाली सेनाको भीमदल गणले महाशिवरात्री तथा नेपाली सेनाको २६१ औं स्थापना दिवस पनि आज मनाइएको छ । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न तथा ब्लाङकेट पनि वितरण गरिएको छ । 

कार्यक्रमका नेपाली सेनाको श्री नम्बर २ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामकाजी थापा, धनकुटाका प्रमुख जिल्ला अधिकारी  पुण्यविक्रम पौडेल, भीमदल गणका गणपति प्रमुख सेनानी  सुमन थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक  रामसिंह चौधरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर छिन्ताङ्गका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुदनप्रसाद भारती लगायतले सो सामग्री वितरण गर्नुभयो ।

त्यस्तै, राष्ट्रिय अनसन्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्माछाने, धनकुटा लेडी जेसिजका अध्यक्ष मुना पोखरेल, विश्रान्ती मन्दिर बृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष जनार्दन घिमिरेलगायतले सामग्री वितरण गर्नुभयो । सोही दिन महिला दिवस पनि भएकाले आश्रममा रहेका १०० बर्षीय बुँदालाई दोसल्ला ओढाएर नेपाली सेनाले सम्मान गरेको छ।