• १ जेठ २०८२, बिहिबार

गोरखापत्रकर्मी खतिवडासहित महिलाहरु सम्मानित

blog

पूर्व प्रधानमन्त्री झलनाथ खनाल मुना मासिकका सह–सम्पादक लक्ष्मी खतिवडालाई सम्मानित गर्नुहुँदै । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २५ गते । चन्द्रलोक प्रतिष्ठानले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनु भएका महिलालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले गोरखापत्र संस्थानबाट प्रकाशित मुना मासिकका सह–सम्पादक लक्ष्मी खतिवडालगायत समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुभएका महिलालाई सम्मान गरेको हो । प्रतिष्ठानले उपसभामुख इन्दिरा रानामगर, नेतृ जयन्ती राई, रन्जु झा र गोकणेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालगायत ३० जना महिलालाई सम्मान  गरेको 


सो अवसरमा नेता झलनाथ खनालले नेपालमा लैङ्गिक समानताका लागि थुप्रै ऐन, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आयोगको समेत व्यवस्था भएको बताउनु भयो । 

उहाँले साहना प्रधान, मङ्गलादेवी सिंहलगायतका धेरै अग्रज महिला नेत्रीले नेपाली समाजमा महिलाको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणका लागि उठाएको आवाजको परिणामले समाजमा निक्कै परिवर्तन आएको धारणा व्यक्त गर्नुभयो । 

उपसभामुख इन्दिरा रानामगरले सो प्रतिष्ठानले देशैभरि विभिन्न क्षेत्रमा काम गरिरहेका महिलालाई सम्मान गरेर हौसला प्रदान गरेको बताउनुभयो । सो अवसरमा नाटक र विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुति  रहेको छ ।