महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै संस्था बनाउने बताउनुभएको छ ।
हिल्सा सिमकोट सडक आयोजनालाई बजेट अभाव भएको छ । आयोजनालाई कवाडीदेखि हिल्सासम्म काम गर्ने योजना बढी तर मन्त्रालयबाट बजेट कम विनियोजित भएपछि बजेटको अभाव देखिएको हो ।
बाजुराको त्रिवेणी नगरपालिका–५ स्थित किम्नी झरना संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय रूपले लोभलाग्दो भए पनि व्यवस्थापन हुन नसक्दा झर्ना लामो समयसम्म संरक्षणको पर्खाइमा रहेको हो ।
महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवम् पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।
शिक्षासेवी तथा साहित्यकार डा. नरेन्द्र चापागाईँको सम्झना एवम् सम्मानमा स्थापित नरेन्द्र चापागाईँ भाषा साहित्य पुरस्कार समालोचक दधिराज सुवेदीलाई प्रदान गरिएको छ।
काठमाडौँ गुह्येश्वरी एक फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । महानगरीय प्रहरी परिसर गौशाला प्रहरीका अनुसार फर्निचर कारखानामा दिउँसो २ बजेदेखि आगलागी भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाको जीवनस्तरमा सारभूत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरेर लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा आज आकाशबाट पुष्प वर्षा गरिएको छ । शिवरात्रिको अवसरमा हेलिकोप्टर प्रयोग गरेर आकाशबाट पुष्प वर्षा गरिएको हो ।
काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९/८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन् ।
नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिले देखिएको आर्थिक सङ्कटबाट मुलुकलाई टार्न नयाँ गठबन्धन सरकारले काम गर्ने बताउनुभएको छ।
सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बिच यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ ।
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा म्याग्दीको बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा आयोजना गरिएको प्रभातफेरीमा महिला अधिकारकर्मी, विभिन्न सङ्घ संस्था, कर्मचारी र राजनीतिक दलमा आबद्ध महिलाको सहभागिता रहेको थियो ।
वरपरका छरछिमेक बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ ।
महोत्तरीमा बसोबास गर्ने जनजातिहरूको संस्कृति संरक्षण संवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आदिवासी जनजाति महोत्सवको चौथो संस्करण बर्दिबासमा सुरु भएको छ ।
वीर अस्पतालले स्नायुरोगका बिरामीलाई “डीप ब्रेन स्टिमुलेसन”प्रविधिबाट उपचार गर्ने भएको छ ।