• १३ साउन २०८१, आइतबार

फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा

blog

फर्निचर कारखानामा लागेको आगो । तस्विरः सामाजिक सञ्जाल

गोरखापत्र अनलाइन 

काठमाडौं, फागुन २५ गते । काठमाडौँ गुह्येश्वरी एक फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । महानगरीय प्रहरी परिसर गौशाला प्रहरीका अनुसार फर्निचर कारखानामा दिउँसो २ बजेदेखि आगलागी भएको थियो । 

आगलागीबाट करिब ३० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको दमकल, नेपाली सेना र स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । 

विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । आगलागीबाट चारवटा मोटरसाइकल र फर्निचरका सामान जलेर नष्ट भएको छ । पछिल्लो समय विद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दैगएको प्रहरीको भनाइ छ ।