सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दाबी गरेको छ । नयाँ गठबन्धन बनेपछि सत्तारूढ दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । सरकारबाट नेपाली कांग्रेस मङ्गलबार बाहिरिएसँगै कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सहितको गठबन्धन सरकार बन्ने छ । अब बन्ने सरकारको नेतृत्वमा एमालेले आफ्नो दाबी गरेको हो ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित जाखोर ताललाई प्राकृतिक स्वरूपमै संरक्षण गरिएको छ । देवहरिया वनस्पति उद्यानस्थित सो तालमा ढाकिएको मिचाहा प्रजाति जलकुम्भी हटाइएको छ । जाखोर तालमा नियमित सरसफाइ नहुँदा कुरूप बन्दै गएको थियो । सुक्खा नलाग्दै पानी सुकेर बगर जस्तो बन्ने समस्या थियो । मिचाहा प्रजाति जलकुम्भी सफा गरिएपछि विभिन्न प्रजातिका जलीय वनस्पतिसहित चराको उपस्थिति बढेको देवहरिया वनस्पति उद्यानले जानकारी दिएको छ ।
नयाँ शैलीमा निर्माण गरिएसँगै स्वरूप परिवर्तन हुँदै गएको प्रसिद्ध धार्मिक पीठ घटालथानको भौतिक पूर्वाधार निर्माणको काम अधुरै रहेको छ । सदरमुकाम अमरगढी नगरपालिका–३, गैरीडोटीमा अवस्थित घटालथानमा भौतिक पूर्वाधारका संरचना निर्माण हुन थालेपछि स्वरूप परिवर्तन हुन थालेको थियो । बजेट अभावमा यस वर्षदेखि भने भौतिक पूर्वाधार निर्माको काम रोकिएको छ । डोटी खोलामा रहेको घटालथानको घटोत्चक बाबाको मूर्ति परिसरमा पर्खाल, थानको निर्माण, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोलामा आउजाउ गर्न पुल र सिँढी बाटो निर्माण गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् ।
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।
सत्ता साझेदार चार राजनीतिक दलबिचको समझदारी अनुसार मन्त्रीपरिषद् विस्तार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १९ मन्त्री नियुक्त गरी कार्यविभाजनसमेत गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति पौडेलसमक्ष बुधबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । नयाँ राजनीतिक ध्रुवीकरणसहित बनेको यो सरकार संविधानले निर्दिष्ट गरेको लक्ष्यबमोजिम समाजको खुसी र मुलुकको समृद्धिका लागि दत्तचित्त भई अगाडि बढ्ने आमविश्वास र भरोसा छ । नवनियुक्त मन्त्रीहरूले पदबहाली गरेसँगै व्यक्त गर्नुभएका अभिव्यक्तिले त्यही सन्देश प्रवाह गरेको छ ।
नेपाली सेना राष्ट्रिय सुरक्षाको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । नेपालको एकीकरणदेखि इतिहासका विभिन्न कालखण्डमा मुलुकको सुरक्षामा सेनाको प्रशंसनीय योगदान छ । बाह्य शक्तिलाई परास्त गरेर मुलुकको स्वतन्त्रता बचाउने राष्ट्रिय विभूतिहरूको नाम नेपालको सैन्य इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ । विभिन्न राजनीतिक व्यवस्थाको परिवर्तनमा पनि नेपाली सेना सदा अटल र स्थिर रही राष्ट्रको सुरक्षा र सेवामा समर्पित छ । यस्तो गौरवमय इतिहास बोकेको सैन्य सङ्गठन, सरकारको आदेशलाई शिरोपर गर्दै सुरक्षाको अहम् जिम्मेवारी पूरा गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो स्वच्छ छवि राख्न सफल भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाली भाषा
भगवान् शिवबारे हरेक पुराण बोल्छन् । अझ शैवपुराणले त पूर्ण रूपमा शिवको महिमा प्रस्तुत गर्छ । हुन त शिवलाई हेर्ने दृष्टि पनि अनेक छन् । उहाँलाई सृष्टिकर्ता ईश्वर मान्नेहरू पनि छन् । संहारक देवता मान्नेहरूको पनि कमी छैन । केही आफ्नो जीवनकालका शक्तिशाली योद्धा भएकाले उहाँले आफ्ना राज्यका नागरिकलाई अभय प्रदान गर्ने गरेको ठान्छन् । जसले जहाँ, जसरी वर्णन र व्याख्या गरे पनि उहाँ चराचर जगत्का सर्जक, पालक र संहारकका रूपमा चिनिनु हुन्छ । साँच्चै भन्नुपर्दा उहाँ प्रकृतिका उन्नायक एवं सारा प्राणीका परिपोषक शक्ति हुनुहुन्छ र उहाँको सायुज्यधाम भनेकै कैलाश पर्वत हो ।
गोरखा नगरपालिकाको १३ औ नगर सभा समापन पछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ । उपप्रमुख सहित नेपाली काङ्ग्रेसबाट निर्वाचित नगर सभाका सदस्यहरूले बिहीबार एक बिज्ञाप्ती जारी गर्दे नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरू माथि छलफल नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहार प्रति आपत्ति जनाएका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
उन्नाइसौँ शताब्दीमा न्याय र समानताका लागि संसारभरका महिलाले गरेका सङ्घर्षका गौरवगाथा बोकेका र अधिकारको सङ्कल्प गरेका उत्सवका रूपमा स्मरण गर्न गरिएको ८ मार्च आजका सन्दर्भमा उत्तिक स्मरणयोग्य र सान्दर्भिक छ । उन्नाइसौँ शताब्दी र एक्काइसौँ शताब्दीका तुलना गर्दा ८ मार्चका औचित्य पूरा हुन सकिरहेको छ कि छैन ? संसारभरका महिलाले यसलाई कसरी बुझेका छन् र ग्रहण गरेका छन् त ? ८ मार्चका ऐतिहासिक मूल्यमान्यता र उद्देश्यप्रति कस्ता मूल्याङ्कन गरेका छन् ? आ
चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका महिलालाई सम्मान गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
मार्च ८ श्रमजीवी महिलाको एकता, वीरता र सङ्घर्षको प्रतीकको दिन हो । यस दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । ८ मार्च महिलाको ऐतिहासिक, सङ्घर्षशील एवं गौरवमय गाथासँग गाँसिएको दिन पनि हो । महिलामाथि भइरहेका शोषण, भेदभावविरुद्ध स्वयम् महिलाकै अग्रसरतामा आन्दोलन हुँदै आएका छन् ।