सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको बताउनुभएको छ ।
नवलपुर जिल्लाको सिमसार क्षेत्रमा पाइने पालुङ्गे (खोले) सागको माग बढ्दो छ । गर्मी मौसममा अन्य सागको उत्पादन कम हुने भएकाले पनि खोले सागको माग बढ्दो छ।
स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्न थालेपछि बुटवलका नागरिक खुसी भएका छन् । बुटवल उपमहानगरपालिकाले चिकित्सकसहितको टोलीसहित घरघरमा लगेन चेकजाँच गर्ने अभियान चलाएको छ ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।
नेपाल पूर्व प्रहरी सङ्गठन जिल्ला कार्यसमिति गुल्मीले जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय समितिको निर्णय अनुसार विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको नेपाल पूर्व प्रहरी सङ्गठन गुल्मीका पूर्व अध्यक्ष एवम् संरक्षक ओमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्यहरूले सभाका नवनिर्वाचित सदस्यलाई सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सभाको गरिमा राख्न सुझाव दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ ।
हिउँदमा खोलामा पानी सुक्ने भएपछि राजपुर गाउँपालिका-१ सिरियानाका निवासी मनकुमारी पुनलाई खानेपानीको समस्याले सताउन थालेको छ ।
तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाज सरिफका दुवै छोराले पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा पक्राउ पुर्जी निलम्बन गर्न माग गर्दै आफ्ना वकिलमार्फत जबाफदेही अदालतमा पुनरावेदन गरेका छन् ।
नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेट गर्नुभएको छ ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार हनुमानढोकाको सौन्दर्यकरण अभियानअन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गर्नुभएको छ ।
पाल्पामा मेसिनबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु भएको छ । यसअघिसम्म विना मेशिन शल्यक्रिया गरिदैआएकोमा अबदेखि मेसिनको सहायताले माोतियाबिन्दुको शल्यक्रिया सुरु गरिएको हो ।
२४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशन वैशाख अन्तिम सातामा हुने भएको छ। एमाले जिल्ला कमिटी सचिवालय बैठकले वैशाख २४ र २५ मा १२ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।