नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । प्रदेश सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।
केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मुलुकमा महिला अधिकारको संरक्षण, संवद्र्धन र नीतिगत वकालतका लागि गठित राष्ट्रिय महिला आयोगले महिला, अपाङ्गता भएका महिला, बालिका, यौनिक तथा अल्पसङ्ख्यकका अधिकारका विषय सम्बोधन गर्न पहल गर्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रुसी सरकारलाई गराइसकिएको र रुस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताउनुभएको छ ।
नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ ।
सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि सङ्घर्ष गरिरहेका समय निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा विवादित क्षेत्र काश्मीरको अर्ध स्वायत्तता खारेज गरेपछिको पहिलो भ्रमणका क्रममा बिहीबार भारत प्रशासित काश्मीरको मुख्य सहरमा र्याली गर्नुहुने भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा पर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) ले दिएको समर्थन बिहीबार फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको छ ।
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।
झपट पुरस्कार व्यवस्था समितिले २०८० सालको ‘झपट पुरस्कार’ अमरप्राज्ञ कञ्चन पुडासैनीलाई दिने निर्णय गरेको छ ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
कीर्तिपुर नगरपालिका वडा नं. १ का अध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बासकोटाका अनुसार महर्जनको बिहीबार असामयिक निधन भएको हो ।