• १६ वैशाख २०८१, आइतबार

परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता

blog

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्नुहुँदै भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : प्रदीप राज वन्त

काठमाडौं, फागुन २४ गते । नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । बिहीबार परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्न राजदूत श्रीवास्तव मन्त्रालय पुग्नुभएको हो ।

बुधबार मन्त्रिपरिषद् पुनर्गठन भएसँगै मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । त्यसअघि उहाँ गृहमन्त्री हुनुहुन्थ्यो ।