वसन्त ऋतुको सुरुआत । हिउँदको खडेरीले सुकेको पाखामा पालुवा हाल्ने तयारीमा रहेका बिरुवा । कोइलीको मनमोहक कुहुकुहुु आवाज । अनि म्याग्दी र कालीगण्डकी नदी वारपारका सडकछेउ तथा पाखामा फुलेको सिमल । यसैले बिर्साइदिन्छ जोकोहीको बिछोडको पल र प्रफुल्ल बनाइदिन्छ मन ।
नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।
गुल्मीमा सामुदायिक विद्यालयका किशोरीहरूको रक्त अल्पता परीक्षण सुरु भएको छ । सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्त अल्पता परीक्षण गरी रेसुङ्गा नगरपालिकाबाट अभियान सुरु गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ बैतडी–दार्चुला शाखाका संस्थापक सदस्य एवं बैतडीका अग्रज पत्रकार जितसिंह थापाको निधन भएको छ । दशरथ चन्द नगरपालिका–८, त्रिपुरा घर भएका थापाको बुधवार साँझ ७३ वर्षको उमेरमा निधन भएको हो ।
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशमा मौजुदा मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नु भएको छ ।
आज काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा संसदमा प्रश्तुत हुने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि तय भएको छ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१७ बजे बस्ने गरी तय भएको छ ।
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जित्न सफल भएको छ । बुधवार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको हो ।
काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।
लाल सागरमा आतङ्क बढेको छ । यमनको हुथी विद्रोही समूहले त्यहाँ भएर आवतजावत गर्ने मालवाहक पानीजहाजमा आक्रमण गरेसँगै विश्व व्यापार नै प्रभावित भएको छ । गाजा क्षेत्रमा हमासमाथि इजरायलले चरम दमन गरेको भन्दै यो समूहले लाल सागरमा मालवाहक पानीजहाजमाथि आव्रmमण गरी आतङ्क सिर्जना गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एकीकृत समाजवादी) का मन्त्रीलाई पनि पदमुक्त गर्नु भएको छ ।
प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ ।
पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाविस रहेका छन् । कुल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, दक्षिणपश्चिममा कुस्मा नगरपालिका र जलजला गाउँपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला छन् । गत २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट हिरादेवी शर्मा निर्वाचित हुनुभयो ।
राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको कालोपत्रेको काम सुरु भएको छ । नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम सुरु भएको हो । निर्माण कम्पनी शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै बजेट व्यवस्थापन हुन सकेमा आगामी एक वर्षभित्र सम्पूर्ण काम पूरा हुने बताउनुभयो । शर्माले भन्नुभयो, “यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ ।”
सङ्घीय सरकारमा नयाँ सत्ता गठबन्धन बनेपछि मधेश प्रदेश सरकारमा पनि यसको प्रभाव पर्ने देखिएको छ । नयाँ सत्ता गठबन्धनपछि मधेश प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्नेबारेमा जोडघटाउ सुरु हुन