रौतहटको रंगपुर साझेदारी वन क्षेत्रमा लगाइएको तारबार चोरी भएपछि वन पैदावारको चोरी निकासीमा व्यापकता आएको छ ।
स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछि त्यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो ।
अखिल नेपाल महिला सङ्घ बाँकेले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भेरी अस्पतालका ६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ।
महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा पूजा आराधनाका लागि भक्तजन, साधुसन्त तथा दर्शनार्थीको भिड लागेको छ ।
अपाङ्गता भएका व्यक्तिको यथेष्ट तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंसहित मुलुकभर मनाएको छ।
नक्कली औषधी बिक्री गर्ने पसल बन्द गरिएको छ । अनुगमनका क्रममा त्यस्तो भेटिएपछि पसल बन्द गरिएको हो । पसल र बिक्रेता दुवै नक्कली भएको पाइएपछि पसल बन्द गरेर बिक्रेतालाई पक्राउ गरिएको छ ।
नेपालगञ्ज रङ्गशालामा गत वर्ष वैशाखमा सुरु भएको अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माणको काम अन्ति मचरणमा पुगेको छ ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा एमाले खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले स्ववियूले गरेको रचनात्मक कामका प्रशंसा गर्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
सुख्खा मौसम सुरु भएसँगै सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा खानेपानीको समस्या भएको छ । सुख्खा मौसमका कारण मुहानमा नै खानेपानीको स्रोत घट्दै गएपछि समस्या भएको उपभोक्ता बताउँछन् ।
जिल्लाको पाणिनी गाउँपालिका –७ अड्गुरीमा शुक्रबार दिउँसो स्कार्पियो दुर्घटना भएको छ । स्कार्पियोमा सवार ७ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ ।
नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आज २ बजेबाट सुरु हुने भएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गोरखा नगरपालिका-८ को चाईनिजधारामा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो ।
जनसङ्ख्याको आधा हिस्सा ओगट्ने महिलाहरू समाजको अस्तित्व, गति र रूपान्तरणका समान साझेदार हुन् । सामाजिक विकासको कुनै अवस्थामा समाजको चरित्र मातृसत्तात्मक थियो । परिवार र समाजको अगुवाइ महिलाहरुले नै गर्दथे ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।