• १३ साउन २०८१, आइतबार

भेरी अस्पतालका सुत्केरीलाई पौष्टिक आहार वितरण

blog

सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गर्न भेरी अस्पताल पुगेको संघको टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २५ गते । अखिल नेपाल महिला सङ्घ बाँकेले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भेरी अस्पतालका ६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ। अखिल नेपाल महिला सङ्घ बाँकेले सुत्केरीहरूलाई पौष्टिक आहार आवश्यक पर्ने भएकाले भेरी अस्पतालमा रहेका सुत्केरी महिलाहरूलाई पौष्टिक आहार वितरण गरिएको अखिल नेपाल महिला सङ्घ बाँकेकी संयोजक मिना ढकालले बताउनुभयो । 

उहाँले भेरी अस्पतालमा सुत्केरी अवस्थामा रहेका ६५ जना महिलाहरूका लागि छोहरा, किसमिस, गुँड, काजु, ओखर जस्ता पौष्टिक आहार वितरण गरिएको बताउनुभयो । बाँके बर्दिया लगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट आई भेरी अस्पतालमा सुत्केरी अवस्थामा रहेका महिलाहरूलाई पौष्टिक आहार वितरण गरिएको अखिल नेपाल महिला सङ्घ बाँकेले जनाएको छ । 

अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सुनिता तिवारी, भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ लगायतले सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गर्नु भएको अखिल नेपाल महिला सङ्घ बाँकेकी संयोजक मिना ढकालले बताउनुभयो । 

पौष्टिक आहार पाएपछि सुत्केरी भएका महिलाहरूले आभार व्यक्त गर्दै यसले स्वास्थ्य सुधारमा ठुलो योगदान दिने प्रतिक्रिया दिनुभएको छ । यसैबिच बाँकेका विभिन्न स्थानमा महिलाहरूका सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरेर शुक्रवार ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।