• १३ साउन २०८१, आइतबार

वीर अस्पतालले स्नायुरोगका बिरामीलाई “डीप ब्रेन स्टिमुलेसन” प्रविधिबाट उपचार गर्ने

blog

काठमाडौं, फागुन २५ गते । वीर अस्पतालले  स्नायुरोगका बिरामीलाई  “डीप ब्रेन स्टिमुलेसन”प्रविधिबाट उपचार गर्ने भएको छ ।  

अस्पतालले सूचना निकाल्दै पार्किन्सन्स, छारे रोग, शरीर कम्पन जस्ता समस्या भएका बिरामीहरूका लागि लक्षित गर्दै विद्युतीय तरङ्ग दिई मस्तिष्क सञ्चालन गर्ने उपचार विधि डीप ब्रेन स्टिमुलेसन (डीबीएस) भागल नर्भ स्टिमुलेसन (भीएनएस) तथा अन्य उपचार विधि ल्याउने जनाएको छ ।    

अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्रा.डा.राजीव झाले पार्किन्सन रोग, छारे रोग, डिप्रेसन, शारीरिक कम्पन (मुभमेन्ट डिसअर्डर) डिस्टोनिया र ओसीडी जस्ता अवस्थाको लागि परम्परागत उपचारहरूमा सन्तोषजनक रूपमा सुधार हुन नसकेका बिरामीका लागि ब्याटरीबाट विद्युतीय तरङ्ग दिई मस्तिष्कलाई सञ्चालन ल्याउने उपचार विधि सुरु गर्न लागिएको जानकारी दिनुभयो । 

उक्त प्रक्रियाकाबाट उपचार गर्न अस्पतालले आगामी चैत्र १८ गतेसम्म न्युरो सर्जरी विभागको चौथो तल्ला कोठा नम्बर ४३१ मा बिरामीहरूको छनोट गर्ने सूचनामा जनाएको छ ।  परम्परागत उपचार विधिद्वारा निको नभएका तथा  सम्बन्धित रोग लागेका बिरामीहरूले शनिवार बाहेक अन्य दिन १२ बजेदेखि साढे एक बजेसम्म अस्पतालको न्युरो सर्जरी विभागमा सम्पर्क अस्पतालले अनुरोध गरेको छ ।