पुरुष फुटबलको चर्चाबिच नेपाली महिला फुटबल सधैँ छायामा रहने गर्दछ । फुटबललाई पुरुषको खेलका रूपमा लिने भएकाले पनि होला, महिला फुटबलको त्यति चर्चा हुँदैन तर केही वर्षयता नेपाली फुटबल समर्थकलाई राष्ट्रिय महिला
अरनिको राजमार्गको भक्तपुरदेखि काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलसम्म सडक विस्तारको कामले गति लिइरहेको छ । सडक काममा काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेल नगरपालिकामा बिछ्याइएको खानेपानीको पाइप र ढल व्यवस्थापनमा समस्या देखिएको छ ।
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुव्रmबार एक कार्यक्रमबिच निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिटै नै चलचित्रको उपयुक्त प्रदर्शन मिति तय गर्ने बताउनुभयो ।
बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयले विद्यार्थीका लागि दिवा खाजाका रूपमा कोदोको परिकार खुवाउन थालेका छन् । स्थानीय उत्पादन कोदो, मकैलगायतका परिकार विद्यार्थीलाई खुवाउँदा स्थानीय उत्पादनको प्रवर्धन एवं बालबालिकाको स्वास्थ्यमा राम्रो गर्ने अपेक्षा गरिएको छ ।
डा. पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएका छन् । नेपाली साहित्य समालोचना तथा सिर्जनात्मक लेखनमा व्रिmयाशील राईको कोभिड दैनिकी ‘डरका विम्ब
जाजरकोट भूकम्पपछि आवासविहीन बनेका पीडितले १२८ दिन बित्दा पनि पहिलो किस्ता रकम पाउन सकेका छैनन् । पुनर्निर्माणका काम अघि बढ्नुपर्ने बेलासम्म समेत अस्थायी आवासका लागि पाँच हजार ६६९ लाभग्राहीले पहिलो किस्ता रकम लिनै मुस्किल परेको छ ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले हरेक नारीले आफूले रोजेको क्षेत्रमा समर्पित भएर लाग्न र पोख्त भएर निस्कन आग्रह गर्नुभएको छ । उहाँले आफूले अँगालेको क्षेत्रमा सफलता हासिल गर्न सम्बन्धित वि
रामेछापका करिब आठ हजार बालबालिकाले दादुरा–रुबेला विरुद्धका खोप लगाएका छन् । रामेछाप जिल्लामा यो अभियान अन्तर्गत ११ हजार ५७९ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य थियो ।
हिउँले बाटो अवरुद्ध हुँदा शुक्रबारबाट सुरु भएको दादुरा–रुबेलाविरुद्धको खोप उत्तरी नाम्खा गाउँपालिकामा प्रभावित भएको छ । स्वास्थ्यकर्मी खोप लिएर जान नसक्दा खोप कार्यक्रम प्रभावित भएको हो ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ ।
वि.सं २०२८ सालमा झापाको ज्यामिरगडीमा हत्या गरिएका कर्णबहादुर गौतम सहित झापाका पाँच जनालाई सरकारले सहिद घोषणा गरेको छ। पाँचै जनाको नाम शुक्रबार राजपत्रमा प्रकाशित गरी सहिद घोषणा गरेको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जमिन २२ वर्षदेखि भाडामा लगाई व्यापार व्यवसाय तथा स्थानीयले बसोबास गर्दै आएका छन् । व्यापारीले न जग्गाको भाडा तिरेका छन् न त खाली गर्छन् ।
स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीले जग्गाको विवरण सङ्कलन गर्न थालेको छ । किसानसँग पहिलो चरणको वार्ता गरेपछि वार्ता टोलीले जग्गाको विवरण सङ्कलन गर्न लागेको वार्ता टोलीका सदस्य एवं दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभएको छ ।
जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा जापानिज चलचित्र महोत्सव शनिबारबाट पोखरामा सुरु हुँदै छ । महोत्सव अन्तर्गत शनिबार र आइतबार पोखरामा अङ्ग्रेजी सबटाइटलसहित जापानी चलचित्र प्रदर्शन
हाम्रा जति पनि युवा प्रवास जान्छन्, धेरैजसो उतै हराउँछन् । प्रवासी बन्नु भविष्यमा प्राप्त हुने राष्ट्रिय अवसरबाट वञ्चित हुनु हो । मानिस महत्त्वाकाङ्क्षी प्राणी हो । ऊ शासित होइन, शासक बन्न चाहन्छ । शासक बन्ने सौभाग्य तिनैले पाउँछन् जो सयकडौँ प्रतिकूलतासँग जुध्दै मातृभूमिमा बस्छन् ।मानिस बुढो हुन चाहँदैन । सक्ने भए ऊ सधैँ जवान रहने थियो । ७५ कटेको व्यक्तिलाई पनि बुढो भनिदिनुस् निधारमा गाँठा पार्न थाल्छ । मानिस युवा देखिन किसिम किसिमका उपाय अवलम्बन गर्छ । सेतै फुलेको कपाल मेहदी लगाएर कालो पार्नु । खुइलेको टाउकोमा कपाल ट्रान्सप्लान्ट गर्नु । फेसियल गर्नु । शृङ्गारका प्रसाधन प्रयोग गर्नु । अनुहारको प्लास्टिक सर्जरी गर्नु । ब्युटीपार्लर धाउनु आदि इत्यादि । युवा उमेर जीवनको सबैभन्दा उर्वर समय हो । युवा उमेर जोस जाँगरले भरिएको हुन्छ । युवा युगको आवाज हो । परिवर्तनको संवाहक हो । युवामा समयको धारालाई अलग दिशामा मोड्ने असीम तागत हुन्छ । दुनियाँमा हुने क्रान्ति, आन्दोलन र विद्रोहहरू युवाको सक्रिय सहभागिताबिना सफल हुँदैनन् । युवा को हो, को होइन ? अर्थात् युवा कसलाई भन्ने त ? यसबारे जैन सन्न्यासी ललितप्रभजी ठट्टा गर्दै भन्छन्, ‘‘जिसकी मोबाइल मेँ हसिनोँ का नम्बर होता है वो युवा है । और जिसकी मोबाइल मेँ हकिमोँका नम्बर होता है वो बुढा है !” परन्तु युवा को हो र को होइन भन्ने विषयमा संयुक्त राष्ट्रसङ्घ र केही देशले केही मान्यता बनाएका छन् ।जर्मन सरकारले १५ देखि १८ वर्षसम्मकालाई किशोर र १८ देखि २१ सम्मका लागि युवा भनेको छ । उता दक्षिण अफ्रिकाले १५ देखि ३४ वर्षभित्रका जवानलाई युवा भनेको छ । नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहका मानिसलाई युवामा गणना गरेको छ । छिमेकी देश भारतले १५ देखि २९ वर्षका जनसमुदायलाई युवामा गणना गरेको छ । उता संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष उमेर समूहका मानिसलाई युवा मानेको छ । यसमा दुई मत छैन कि उमेर युवा र वृद्धलाई विभाजित गर्ने लक्ष्मण रेखा हो । किन्तु उमेर मात्रै सबै कुरा हो भनेर भनिहाल्न चाहिँ सकिँदैन ! यसमा व्यक्तिको स्वास्थ्य र वैचारिक पक्षलाई समेत यथोचित महŒवका साथ हेरिनु पर्छ । अर्थात् कुनै व्यक्ति जड चिन्तनले ग्रस्त छ । वैज्ञानिक मूल्य मान्यतालाई आत्मसात् गर्न हिचकिचाउँछ । अन्धविश्वास, कुरीति, कुसंस्कार, अपसंस्कृतिले गाँजिएको छ । मानसिक र शारीरिक व्याधिले ग्रस्त छ भने उक्त व्यक्तिलाई २५ कै भए पनि युवा भन्दा मन रमाउँदैन । त्यसविपरीत कोही अन्धविश्वास, कुरीति, कुसंस्कार, कुसंस्कृति, सामाजिक विभेदविरोधी छ । मानव समाजको अग्रगामी रूपान्तरणका निम्ति दत्तचित्त रहन्छ । स्वास्थ्यका दृष्टिले तन्दुरुस्त छ भने ऊ असी वर्षको भए पनि युवा कहलाउन लायक व्यक्ति हो ! किन्तु यसमा ध्यान दिनुपर्ने कुरा के हो भने संसारमा सार्वभौम भन्ने कुनै पनि कुरा छैन । हरेक कुरा देशकाल, परिस्थितिसापेक्ष हुने गर्दछन् । भनाइको तात्पर्य प्रत्येक समाज आआफ्नै मूल्य मान्यताको जगमा अडेका हुन्छन् । कुनै एक देश वा समाजले नैतिक ठहर्याएका विषय अर्को देश वा समाजमा अनैतिक मानिन सक्छन् । जस्तो कि पाश्चात्य जगत्का निम्ति डेटिङ, ब्रेकअप, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड संस्कृति सामान्य जस्ता लाग्छन् । जब कि पूर्वीय समाजमा त्यस्ता संस्कृति अशोभनीय मानिने गर्छन् । पूर्वीय समाजको ठुलो हिस्साले आफूलाई त्यस्तो संस्कृतिको विपक्षमा उभ्याउने गर्छ । किन्तु उल्लिखित संस्कृति विश्वभर दिन दुगुणा, रात चौगुणा फैलिँदै गएको आभास भइरहेको छ । त्यसबाट नेपालसमेत अछुतो रहेको छैन । दृश्य यस्तोसम्म देखिन थालेको छ कि जो बेबिसावर, भ्यालेन्टाइन डे, डेटिङ, ब्रेकअप, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड आदि संस्कृतिलाई सभ्यताको मानक ठान्छ । जो देशमा रोजगारीको अभाव देखाउँदै विदेश उड्न तँछाडमछाड गर्छ । जो पाश्चात्य मुलुकको नागरिक बन्न पाउनुलाई जीवनको महान् सफलता ठान्छ, ऊ नै ‘आधुनिक युवा’ हो भनेर बुझिदिनुपर्ने भएको छ । परन्तु नेपाली युवाका सीमित अँध्यारा पक्ष हुँदाहुँदै असङ्ख्य उत्साहजनक पाटा अनावरण हुँदै गएका छन् । एक वर्षमा पाँचदेखि सात ठाउँमा लोक सेवा आयोगको परीक्षामा नाम निकाल्ने । कृषि उद्यममार्फत स्वदेशमै लाखौँ रुपियाँ आर्जन गर्ने, अनि लाखौँको वैदेशिक कमाइ त्यागेर नेपालमा व्यवसाय गर्ने युवा त्यसका उदाहरण हुन् । गुल्मी जिल्लामा जन्मिएकी २३ वर्षीय विष्णु घर्तीको नाम यस सन्दर्भमा उल्लेखनीय हुन आउँछ । विष्णुले एकै वर्षमा लोक सेवा आयोगले लिएको विभिन्न पदको पाँच परीक्षामा नाम निकालेर देखाइन् । यसको अर्को उदाहरण हुन् रोल्पाकी २१ वर्षीय खुसी बुढामगर । उनले त झन् एक वर्षमा आयोगले लिएको सात वटा परीक्षा उत्तीर्ण गरी आफूलाई प्रतिभावान् युवाको पङ्क्तिमा उभ्याइन् । तनहुँको चुँदी रम्घामा जन्मिएका २६ वर्षीय अर्बिन रानाभाट गौरवका साथ लिनुपर्ने तेस्रो नाम हो । अर्बिनका धेरै साथी यतिखेर युरोप–अमेरिकामा छन् । उनीचाहिँ प्रयास नै नगरी ‘नेपालमा केही छैन’ भन्दै विदेश हान्निन तयार भएनन् । अर्बिन लोक सेवा आयोगद्वारा लिइने शाखा अधिकृत पदको परीक्षामा प्रतिस्पर्धी बन्न चाहे । सिट थियो १८ । प्रतिस्पर्धी थिए १६ हजार ! आखिर सबैलाई चाहिने एउटै सिट हो । अर्बिन रानाभाटले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर देखाए । उत्तीर्ण मात्र होइन, बाँकी सबै प्रतिस्पर्धीलाई टप गरे । अर्थात् आफूलाई नम्बर एकको स्थानमा उभ्याएर देखाए । त्यति मात्र होइन, अर्बिनले प्रदेश लोक सेवा आयोगले लिएको अन्य चार परीक्षामा समेत सफलता हात पारे । दुबईको रेस्टुराँमा आठ वर्ष काम गरेर नेपाल फर्केका सुजन सफलताको अर्को पात्र हुन् । उनले केही वर्षदेखि काठमाडौँको रामकोटमा ३० रोपनी जमिन भाडामा लिई कृषि व्यवसाय गरिरहेका छन् । “दुबईमा पैसा थियो तर लाइफ थिएन । विदेशीको गुलाम बन्नुपर्दथ्यो । त्यहाँ मालिकको इसारामा काम गर्नुपर्दथ्यो । यहाँ म आफैँ मालिक छु,” सुजन सगौरव सुनाउँछन् । सात वर्ष दुबई बसेर नेपाल फर्केका सागर श्रेष्ठ सम्झनलायक अर्का युवा हुन् । दुबईको युपिएस कुरियर कम्पनीमा काम गर्दा महिनाको सात÷आठ हजार दिराम (करिब दुई लाख ५० हजारदेखि तीन लाख नेपाली रुपियाँ) पारिश्रमिक बुझेका सागरले त्यो छाडेर नेपालमा कृषि व्यवसाय सुरु गरे । यतिबेला उनी दिनमै ५० हजारदेखि लाख रुपियाँसम्मको तरकारी बिक्री गर्छन् । ललितपुर जिल्लाको लुभुमा अवस्थित किराँत कृषि फार्मकी सञ्चालिका सुधा राईको चर्चाबिना यो लेख अधुरो रहन सक्छ । सुधा राईका ससुरा ब्रिटिस लाहुरे हुन् । सुधाको परिवारका प्रायः सबै सदस्य बेलायत बस्छन् । कोरोनाकालमा दोस्रो पटक भएको लकडाउनअघि नेपाल आएपछि बेलायत फर्किनन् उनी । सुधाले स्वदेशमै कृषि उद्यम सुरु गरिन् । सुधा वार्षिक ४५–५० लाख लगानीबाट ८५ लाख नगद आर्जन गरेको बताउँछिन् ।विष्णु घर्ती, अर्बिन रानाभाट, सुधा राई, सागर श्रेष्ठहरू तीन करोड नेपालीका प्रेरणाका स्रोत हुन् । आशा गरौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पङ्क्तिबद्ध हुँदै विदेश उड्न लालायित प्रत्येक युवाले अर्बिन रानाभाट, सुधा राईहरूको परिश्रम र मेहनतको कथा पढ्ने छन् । हाम्रा जति पनि युवा प्रवास जान्छन्, धेरैजसो उतै हराउँछन् । प्रवासी बन्नु भविष्यमा प्राप्त हुने राष्ट्रिय अवसरबाट वञ्चित हुनु हो । मानिस महत्त्वाकाङ्क्षी प्राणी हो । ऊ शासित होइन, शासक बन्न चाहन्छ । शासक बन्ने सौभाग्य तिनैले पाउँछन् जो सयकडौँ प्रतिकूलतासँग जुध्दै मातृभूमिमा बस्छन् । प्रतिकूल परिस्थितिसँग सङ्घर्ष गर्दै मातृभूमिको धुलोमैलोसँग खेल्नेहरूले नै भोलिको नेपाल हाँक्ने सौभाग्य पाउँछन् । भोलि कसले जानेको छ र ? हुन सक्छ, कुनै दिन धुलोमैलोका तिनै खेलाडी मुलुकको प्रधानमन्त्री बन्ने छन् । राष्ट्रपतिको सम्मानित आसनमा पुग्ने छन् । सचिव, मुख्यसचिवको कुर्सीबाट समग्र नेपाललाई दिशानिर्देश गर्ने छन् ।