• ११ मंसिर २०८१, मङ्गलबार

राईका पाँच कृति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन २६ गते  । डा. पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएका छन् ।  नेपाली साहित्य समालोचना तथा सिर्जनात्मक लेखनमा व्रिmयाशील राईको कोभिड दैनिकी ‘डरका विम्बहरू’, उपन्यास ‘वसन्त रितु’, नाटक ‘लासमाथिको मानवता’, विश्लेषण ‘आप्रवासी नेपाली कवितामा अलङ्का रविधान’ र कथासङ्ग्रह ‘अस्तु’ राजधानीमा सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको पुस्तक ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’ माथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्रप्रसाद लुइँटेलले आप्रवासी नेपाली कविताको प्राचीन पूर्वीय सिद्धान्त र आधुनिक पाश्चात्य सिद्धान्त एकसाथ गहन अध्ययन गरी तयार पारिएको यो पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महìव भएको बताउनुभयो । नेपाल एयरलाइन्समा कार्यरत लेखक डा. राई मुख्यतः समालोचना विधामा कलम चलाउनुहुन्छ । सार्वजनिक भएका पुस्तकमध्ये ‘डरका विम्बहरू’ मा विश्वव्यापी महामारी कोभिडले आक्रान्त बनाएका मानिसको कहानी समेटिएको छ ।