• २३ वैशाख २०८२, मङ्गलबार

‘समर्पित भएर लाग्नुपर्ने’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २६ गते । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले हरेक नारीले आफूले रोजेको क्षेत्रमा समर्पित भएर लाग्न र पोख्त भएर निस्कन आग्रह गर्नुभएको छ । उहाँले आफूले अँगालेको क्षेत्रमा सफलता हासिल गर्न सम्बन्धित विषयमा गहन परामर्श आवश्यकता पनि हुने बताउनुभएको छ । शुक्रबार ११४ औँ नारी दिवस तथा त्रिचन्द्र महिला प्राध्यापक तथा कर्मचारी सञ्जालको वार्षिक कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो । सञ्जालको वरिष्ठ उपाध्यक्ष उर्मिला शर्माले त्रिचन्द्र कलेजलाई संस्कृति र शैक्षिक स्वरूपमा थप परिचित गराउन ‘सप्ताह महायज्ञ’ आयोजना गर्नुपर्ने बताउनुभयो । 

सञ्जालको अध्यक्ष अजिता शर्माको सभापतित्वमा भएको सो कार्यक्रमका सहभागीले नारी उत्थान र सहभागिताका सम्बन्धमा आआफ्नो विचार व्यक्त गर्नुभयो ।