काठमाडौँ, फागुन २६ गते । वि.सं २०२८ सालमा झापाको ज्यामिरगडीमा हत्या गरिएका कर्णबहादुर गौतम सहित झापाका पाँच जनालाई सरकारले सहिद घोषणा गरेको छ। पाँचै जनाको नाम शुक्रबार राजपत्रमा प्रकाशित गरी सहिद घोषणा गरेको हो ।
प्रकाशित नामअनुसार कर्णबहादुर गौतम मेचीनगर १५ , राजेन्द्र पोखरेल दमक ७, विमला पाठक झापा ७, गणेश ढकाल शिवसताक्षी १ र दिनेश चेम्जोङ शिवसताक्षी १ रहेका छन् । सरकारले उक्त सूची सहितको नाम शुक्रवार सार्वजनिक गरेको हो ।