• १३ असोज २०८१, आइतबार

सडक विस्तारमा पाइप र ढल व्यवस्थापनमा समस्या

blog

केदार तिमल्सिना 

बनेपा, फागुन २ट गते  । अरनिको राजमार्गको भक्तपुरदेखि काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलसम्म सडक विस्तारको कामले गति लिइरहेको छ । सडक काममा काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेल नगरपालिकामा बिछ्याइएको खानेपानीको पाइप र ढल व्यवस्थापनमा समस्या देखिएको छ ।

दुई नगरपालिकामा नै सडकमुनि खानेपानी र ढलको पाइप बिछ्याइएकाले यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आयोजनालाई समस्या परेको हो । सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजना अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म १७ किलोमिटर सडक विस्तारको काम भइरहेको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भन्ज्याङदेखि धुलिखेलसम्मको साढे आठ किलोमिटर सडकमध्ये साढे चार किलोमिटर सडक खण्ड बनेपा र चार किलोमिटर सडक धुलिखेल नगरपालिकामा पर्छ । सडक विस्तारको व्रmममा विशेष गरी बनेपा नगरपालिकाको पुलबजारदेखि बुडोलको चण्डेश्वरी खोलासम्मको सडकमा रहेको खानेपानी र ढल व्यवस्थापनको विषयमा केही चुनौती देखिएको आयोजनाले जनाएको छ । 

आयोजनका इन्जिनियर विष्णुप्रसाद खनालले सडक विस्तार गर्ने व्रmममा बनेपा नगरपालिकाभित्र राजमार्गको दायाँबायाँ गरी करिब तीन हजार दुई सय मिटर र धुलिखेल नगरपालिकाको एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको बताउनुभयो । “सडक विस्तारका व्रmममा खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि हामीले धुलिखेल, बनेपा नगरपालिका र काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरेर धुलिखेल नगरपालिका क्षेत्रभित्र खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो । 

“आयोजनाले अध्ययन गर्दा धुलिखेल नगरपालिकामा खानेपानीको व्यवस्थापनमा एक करोड र ढल व्यवस्थापनमा चार करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ,” खनालले थप्नुभयो । उहाँले सडक विस्तार गर्ने व्रmममा बनेपामा नदेखिएका विभिन्न खानेपानी समिति र पुरानो अव्यवस्थित ढल निकासको व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो । आयोजनाले बनेपा नगरपालिकामा खानेपानी र ढलको काम सुरु गर्दा अस्तव्यस्त देखिने भएपछि कसरी काम गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ । इन्जिनियर खनालले बनेपामा एकै पटक काम सुरु गर्दा खानेपानी र ढल व्यवस्थापनमा समस्या देखिने भएकाले सडकको एकतर्फबाट सुरु गरिने बताउनुभयो । 

यसै गरी अरनिको राजमार्ग विस्तारका व्रmममा काभ्रेपलाञ्चोक खण्डमा विभिन्न स्थानमा प्राचीन इँटाहरूको पर्खाल, पानीको स्रोत, ढुङ्गेधारा एवं प्राचीन काठ र शिलाहरू फेला परेको भन्दै पुरातìव विभागमा सामाजिक अभियन्ताहरूले निवेदन दर्ता गरेका कारण सडक विस्तारको काममा समस्या देखिएको छ । आयोजनाले सडक विस्तार गर्ने व्रmममा खानेपानी, ढल व्यवस्थापन, बिजुलीको पोल स्थानान्तरण, रुख हटाउने तथा सार्वजनिक महìवका अन्य संरचना निर्माण गर्नका लागि नौ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अरनिको राजमार्ग अन्तर्गत साँगादेखि धु्लिखेलसम्मको ८.५ किलोमिटर सडक भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख र सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँमा ठेक्का सम्झौता भई काम सुरु भएको हो ।