• १३ साउन २०८१, आइतबार

दर्शन समाजलाई ५१ लाखको जग्गा दान

blog

५१ लाख मूल्यको जग्गा दान गर्ने सहमति पत्र हस्तान्तरण हुँदै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २५ गते। नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माण गरेर समाज सेवा गर्न ५१ लाख रुपियाँको जग्गा दान गर्नुभएको छ। 

पूर्व मन्त्री हमालले नेपालगन्ज १२ गोरखनगरमा रहेको ५१ लाख रुपियाँ मूल्यको ११ धुर जग्गा दर्शन समाज नामक सामाजिक संस्थालाई भवन निर्माणका लागि दान गर्नुभएको हो।

कार्यालयको अभावमा सो संस्थालाई काम गर्न समस्या भएकोले आफूले आफ्नो परिवारसँग सल्लाह गरेर ११ धुर जग्गा दान गर्ने निर्णय गरेको उहाँको भनाइ छ।

दर्शन समाज बाँकेका अध्यक्ष रमेश शाहले सो सहमति पत्र हस्तान्तरण गर्नुभएको छ। सहमति पत्रमा हमालले प्रदान गरेको जग्गामा समाजले कार्यालय भवन निर्माण गरेर विभिन्न प्रकारका समाज सेवाका काम गर्ने उल्लेख छ।

दर्शन समाज बाँकेका अध्यक्ष शाहले सहमति अनुसार नै सबै काम गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली कांग्रेस बाँकेका पूर्व सभापति समेत रहनुभएका पूर्व मन्त्री हमालले यसअघि केही वर्ष पहिले पनि नेपालगन्ज १२ को स्वास्थ्य चौकी निर्माणका लागि आफ्नो पाँच कठ्ठा जग्गा दान गर्नुभएको थियो। 

सो जग्गामा अहिले स्वास्थ्य चौकी निर्माण भएर वडावासीले स्वास्थ्य सेवा पाइरहेको हमालले बताउनुभयो।