• ११ मंसिर २०८१, मङ्गलबार

आदिवासी अपाङ्गता महिलाको सम्मेलन सुरु

blog

आदिवासी जनजाति अपाङ्गता महिलाको सम्मेलनमा सहभागी । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन २६  गते। आदिवासी जनजाति अपाङ्गता महिलाको तीन दिने सम्मेलन शनिबारदेखि सुरु भएको छ।

आदिवासी जनजाति अपाङ्ग महिला सङ्घको आयोजनामा राजधानीमा सुरु भएको सम्मेलनमा नौ देशका आदिवासी अपाङ्ग महिलाको सहभागिता छ।

सङ्घका अध्यक्ष प्रतिमा गुरुङले सम्मेलनमा बङ्गलादेश, पाकिस्तान, म्यानमार, कम्बोडिया, इन्डोनेसिया, म्यानमार, मलेसिया, भारत र नेपाल लगायतका देशका महिला सहभागी भएको जानकारी दिनुभयो।

उहाँले मानव अधिकारकारको सर्वव्यापी ढाँचा अनुसार आदिवासी अपाङ्गता भएका महिलाको शैक्षिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितताका लागि सरोकारवाला पक्षले ध्यान दिनुपर्ने बताउनुभयो।

तीन दिनको सम्मेलन पश्चात् तयार भएको दस्ताबेज मानव अधिकार आयोग, आदिवासी जनजाति आयोग लगायत अपाङ्गताको हक, अधिकारको सवालमा काम गर्ने संस्थामा बुझाइने उहाँको भनाइ छ।

मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर थापा मगरले संविधानले व्यवस्था गरेको अधिकार सातै प्रदेशमा कसरी पुर्‍याउन सकिन्छ भनेर सरकार समक्ष सिफारिस गर्ने काम भएको बताउनुभयो। 

आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राईले अपाङ्गता भएका महिला दोहोरो मारमा परेको बताउनुभयो।

राज्यले आदिवासी सवाललाई बेवास्ता गर्दै आएको भन्नुहुँदै उहाँले उनीहरूको आवाजलाई सम्बोधन गर्न नसकेको बताउनुभयो।