सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।
एक सय वर्षअघिदेखि टीकापुर नगरपालिका–७, सत्तीस्थित पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता भएको छ । अष्टधातुबाट निर्मित तीन आँखा छ हात भएको षोडशी माताको मूर्ति फिर्ता आएको हो । स्कन्ध पुराणमा गरिएको वर्णन अनुसार शिवलिङ्ग र षोडशी माताको मूर्तिका कारण प्रख्यात पद्मप्रकाशेश्वर महादेव मन्दिरको मूर्ति फिर्ता गरिएको हो ।
तनहुँको शुक्ल गण्डकी नगरपालिका–११ भुस्नापुरबाट तनहुँ प्रहरीले दुई बन्दुकसहित सात जना पक्राउ परेका छन् ।शङ्कास्पद वस्तुसहित सरिप चन्द समातिएपछि सोधपुछ गरेर पछ्याउँदा दुई नाले बन्दुकसहित पाँच र एकनाले बन्दुकसहित दुई गरी सात जना जना पक्राउ परेका हुन् ।
न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थानमा पुग्ने गरेका छन् । गाउँमा हुने चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन रहिआएको छ । अदालती न्याय प्रणालीभन्दा ग्रामीण भेगका विभिन्न देवीदेवताप्रति बढी विश्वास मान्ने गरिएको छ । अड्डा अदालतमा टाठाबाठा र हुनेखाने मात्र जान्छन्, गरिबको न्यायालय भनेको नै देवीदेवताका थान हुने गरेको स्थानीय बताउँछन् । छायानाथ रारा नगरपालिका–६ का ७२ वर्षीय कर्णबहादुर ऐडीले बिनारुपियाँ र प्रक्रियामा जतिबेला पनि गाउँका प्रसिद्ध गुरादेवको थानमा आफूले न्याय पाउने गरेको बताउनुहुन्छ ।
नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने लक्ष्यअनुसार करिब रु तीन करोडको लागतमा चार वर्षअघि सुरु भएको आयोजना निर्माण प्रभावित बनेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सीमा सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको भूमिका सराहनीय, प्रशंसनीय र अनुकरणीय भएको बताउनुभएको छ । उहाँले सीमा क्षेत्रको शान्ति सुव्यवस्थाका लागि सशस्त्र प्रहरीले अन्तरदेशीय अपराध नियन्त्रण, तस्करी निरुत्साहन र प्रभावकारी सुरक्षा परिचालन गरेकोले सीमावर्ती गाउँका बासिन्दा पनि आनन्दले सुत्न र निर्भिकतासाथ बाँच्न पाएको बताउनुभयो ।
कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहका कुल ७१८ वटा वडामध्ये ६३७ वटा वडा ग्रामीण क्षेत्र रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरणसम्बन्धी तथ्याङ्कले यस्तो अवस्था देखाएको हो । कर्णालीका ७५ वटा सहरी र छ वटा वडा सहरोन्मुख भए पनि ६३७ वटा वडा भने ग्रामीण क्षेत्रमा रहेको देखिएको छ ।
कहीँकतैबाट पानीको स्रोत देखिँदन तर बाह्रै महिना पानी रहेको हुन्छ गलेश्वरस्थित वराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको वराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन । नौ रोपनी क्षेत्रफल रहेको एउटै ठुलो चट्टानमाथि रहेको कुण्डमा सधैँ पानी रहने र कहिल्यै नसुकेर सबैलाई चकित पार्ने गरेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष वमबहादुर पुन गलेश्वर मन्दिरमा पूजा अर्चना कहिले सुरु गरियो भन्ने तथ्य र मन्दिर छेउमा रहेको जलकुण्डमा पानीको स्रोत कतादेखि र कहिलेदेखि भन्ने पनि कसैलाई यकिन नभएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो ४० वर्षको अवधिमा मलाई याद भएसम्म यहाँको जल सुकेको भन्ने थाहा छैन ।”
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो बनेको छ । अस्पतालले कुल ९४ अङ्क हासिल गर्दै प्रदेशमा दोस्रो बनेको हो । न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवं अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले कपिलवस्तु अस्पताललाई ९४ प्रतिशत अङ्कसहित प्रदेशमा दोस्रो भएको घोषणा गर्नुभएको हो ।
भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतीलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर सीमा कटाई भारतमा जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ । यसअघिसम्म मुख्य नाकाबाट नेपाली युवतीलाई सीमा पार गराउने गरिएकोमा मुख्य नाकामा कडाइ गरिएपछि अन्य विभिन्न नाकाबाट यस्तो काम भएको पाइएको हो ।
विश्वमा सङ्घीय व्यवस्था अवलम्बन गर्दै आएका मुलुकमध्ये नेपाल अहिलेसम्मको कान्छो मुलुक हो । संविधानले व्यवस्था गरे अनुरूपको सङ्घीयता कार्यान्वयनमा आएको आठ वर्ष हुँदै छ । सङ्घीयताको प्रशासनिक मोडेल अन्य मुलुकभन्दा केही भिन्न सहकार्यात्मक र अन्तरसम्बन्धित पद्धति अनुरूप आफ्नै खालको विशेषतामा अगाडि बढिरहेको छ । शासकीय क्रियाकलापमा बढीभन्दा बढी नागरिक संलग्नता गराउने राजनीतिक प्रक्रियाकेद्रित सङ्घीयताको मूल मर्मलाई आत्मसात् गर्दै अगाडि बढ्दा कार्यान्वयन तहमा बाधा व्यवधान उत्पन्न हुनु स्वाभाविक हो । यस किसिमका व्यवधान निराकरण गर्न सङ्घीय सरकारले अन्तरतह समन्व
“यो स्थानमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या छ”, अध्यक्ष राईले भन्नुभयो, “यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोगसँगै पहलकदमी गरिरहेको छ । पुलले हाम्रो गाउँपालिकाको विकासमा टेवा पुग्ने छ ।”
विसं २०७४ को आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी चुनाव लडेर सफलता पाएदेखि नेपालमा गठबन्धन संस्कृतिले मौलाउने मौका पाएको छ । त्यस चुनावमा दुई पार्टीका सङ्घीय सांसदको कुल सङ्ख्या लगभग दुई तिहाइ हाराहारी पुगेपछि त चुनावमा गठबन्धन गर्नै पर्छ भन्ने मान्यताले नेपालका राजनीतिक दलमा भर गरेको पाइन्छ । नेपालको संविधानमा नै एक दलले बहुमत ल्याई सरकार गठन गर्न असम्भव जस्तै व्यवस्था गरिएका कारण यसलाई संस्कृतिका रूपमा विकसित गर्नुपर्नेमा विकृतिका रूपमा परिभाषित गर्दै जाँदा गठबन्धन शब्दलाई नै बिटुलो मान्न थालिएको छ ।
विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् ।
मार्च ८ मा विश्वभर महिला दिवस मनाइयो । अन्तर्राष्ट्रिय नारी दिवसको लामो इतिहास छ । यसले महिलाले भोगेका भेदभाव र दुःखका साथै उनीहरूले अधिकार प्राप्तिका लागि गरेको सङ्घर्षलाई स्मरण गराउँछ । अमेरिकामा सन् १९०८ मा महिला समानताका लागि भएको महिलावादी आन्दोलनको सम्झनामा सन् १९११ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको हो । यसमा अमेरिकाको समाजवादी पार्टीको अगुवाइ रहेको पाइन्छ । उक्त आन्दोलनमा १५ हजार महिलाले आफूहरूमाथि भएको काम गर्ने समय, ज्याला दर र मतदानमा रहेका असमानता हटाउनु पर्ने मागसहित ¥याली निकालेका थिए । यो दिवस सन् २०११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा मनाइएको थियो ।