बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिक खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ ।
अर्घाखाँची जिल्ला मालारानि गाउँपालिका-५ बागीमा रहेको श्री शान्ति माध्यमिक विद्यालयले हीरक महोत्सव आयोजना गर्ने भएको छ । यसै विषयमा काठमाडौँको ताहाचलमा अवस्थित महेन्द्र रत्न क्याम्पसमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
विगत ६ महिनादेखि जोर्डनको जेलमा परेका रुपन्देहीको सैनामैना नगरपालिका ६ का सुरज भण्डारी अन्ततः जेलमुक्त भएका छन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनबिच भेट भएको छ । मन्त्रीहरूसँग शिष्टाचार भेटका लागि थम्पसन सिंहदरबारमा पुग्नु भएको हो ।
आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो ।
बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जिल्लामा रहेका दुई वटा बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने भएको छ ।
जिल्लाको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरबाट एक लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रीको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा उक्त भेटी संकलन भएको हो ।
गुल्मीको भाडगाउँमा गरिएको निःशुल्क आँखा शिविरमा दुई सय ४६ जनाले सेवा लिएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर-३ भाडगाउँको आयोजना एवम् नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा यहाँका नागरिकहरूले सेवा लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय दाङले चार महिनाको अवधिमा २६ जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ ।
दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री निर्माण गरेर राम्रो आयआर्जन गर्दैआएका छन् । घरको कामबाट समय निकालेर महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।
छैटौँ झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।
राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने निर्णय गर्नुभएको हो ।
नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले आजै पदबहाली गर्नुभएको हो ।
प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको छ । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।