• २२ वैशाख २०८१, शनिबार

झापा गोल्डकप : चर्च ब्वाइज र एपिएफबिच उपाधि भिडन्त

blog

चर्च ब्वाइज (सेतो जर्सी) र आयोजक झापा–११ का खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिर : गोरखापत्र

लीलाराज खड्का 

बिर्तामोड, फागुन २७ गते । छैटौँ झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । 

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । 

यता, पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी  त्रिभुवन आर्मी क्लबलाई १—० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।