नेकपा (एमाले) ले गण्डकी प्रदेशमा सरकार गठनको पहल थालेको छ । केन्द्रमा फागुन २१ गते सत्ता गठबन्धन परिवर्तन भएपछि एमालेले यहाँ सो पहल थालेको हो ।
प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।
ताप्लेजुङमा साहित्यकारद्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)ले मतदातालाई राजनीतिक रुपमा धोका दिएको बताउनुभएको छ।
साँगुरीगढी गाउँपालिकाको पालिका गान, पालिकाको लोगो सार्वजनिक गर्दै साँगुरीगढी गाउँ कार्यपालिकाको आठौँ स्थापना दिवस सम्पन्न भएको छ ।
पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड अवरुद्ध भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरूले दुर्घटना भएकै स्थानमा सडक अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँबाट दश जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता लिएका हुन् ।
१८ औँ शताब्दीदेखि चल्दै आएको ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा सुरु भएको छ । यो परिक्रमा १५ दिनसम्म चल्ने गर्दछ । १५ दिने ऐतिहासिक धार्मिक परिक्रमामा नेपाल र भारतका हजारौँ भक्तजनहरू सहभागी हुने गर्दछन् ।
बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिनअघि औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय युवकले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
तनहुँमा जेसीआई व्यास नगरमा आबद्ध युवाहरू लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना अभियानमा लागेका छन् । जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा जेसिजका युवाहरू लागेका हुन् ।
निर्वाचन आयोगले इलाम प्रतिनिधि सभा–२ र बझाङको प्रतिनिधि सभा–२ को प्रदेश सभा १ मा रिक्त सदस्यको निर्वाचन घोषणा भएकोले फागुन २९ गतेदेखि सुरु हुने देशभरका मतदाताको नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
वरिष्ठ साहित्यकार महेन्द्रगोपाल कर्माचार्यको लघुकथा सङ्ग्रह ‘देय् नइगु बाखं’ (देश खाने कथा) लोकार्पण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ।