पोखरा महानगरपालिकाले विविध कार्यक्रमको आयोजना गरी आफ्नो सातौँ स्थापना दिवस मनाएको छ । सो अवसरमा पृथ्वीचोकमा आर्ट ग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्रसहितको पोखराघर शिलान्यास गरिएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले आइतबार बिहान पोखराघर शिलान्यास गर्नुभएको हो । ‘पोखराघर’ फगत एउटा घर नहुने जनाउँदै उहाँले यसले समग्र पोखराको परिचय दिने उल्लेख गर्नुभयो । महानगरले महेन्द्रपुलमा रहेका पुस्तकालय र आर्ट ग्यालरीका भवन भत्काएपछि जनस्तरमा चर्काे विरोध भएको थियो । पोखराघरमा आर्ट ग्यालरी र पुस्तकालय व्यवस्थित रूपमा राख्ने योजना रहेको छ ।
ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेपछि संविधान सभाद्वारा जारी नेपालको संविधान अनुसार भएका आवधिक निर्वाचनमा प्राप्त मत परिणाममा अनुसार सरकार सञ्चालनको जिम्मेवारी धेरै पटक फेरबदल हुँदै आएको छ । सरकार परिर्वतन हुनु नियमित प्रक्रिया हो र भइरहन्छ तर राज्यद्वारा जनतामा सेवाप्रवाह गर्ने सरकारको स्थायी प्रतिनिधिको रूपमा कर्मचारीतन्त्रले कामकारबाही गरिरहेको हुन्छ । यसै भएर नै कर्मचारीतन्त्रलाई स्थायी सरकार पनि भनिन्छ । यस किसिमको कर्मचारीतन्त्रमा समयसापेक्ष सुधार गरेर नयाँ संरचना अनुसार व्यवस्थित गर्न भने ढिलाइ भएका कारण सरकारको सेवा
नेपालमा पद्धति र प्रणाली बसाउने विषयमा कसैको रुचि छैन । छ त केवल आफू अनुकूलका निर्णय गर्ने, सके तदनुसारका कानुन बनाउने, नसके आदेश वा निर्देशनका भरमा जनतामाथि शासन गर्ने प्रवृत्ति हाबी भएको छ । यो प्रवृत्ति राज्य संयन्त्रका हरेक क्षेत्रमा नागरिकले अनुभव गर्न पाउँछन् । राज्य नागरिकको सहजीकरणका लागि हो भन्ने विश्वास दिलाउन आजसम्मका सरकार असफल भएका छन् । अझ यसो भनौँ, राज्य सत्ता नागरिक सुविधाका लागि होइन, राज्य सञ्चालकका सुखसुविधाका लागि हो । आज राजनीतिक प्रणालीमाथि प्रहार भएको छ भने यी र यस्तै विषयको कारण भएको छ ।
भर्खरै नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) सँगको गठबन्धनमा सरकारको पुनर्गठन गरेको छ । यो नयाँ गठबन्धन वामपन्थी एकताका लागि आधा दैलो खुलेको घटनाका रूपमा लिन सकिन्छ । सत्ता स्वार्थको दृष्टिकोण राखेर विश्लेषण गर्नेहरूलाई त केही भन्न सकिँदैन । देशका हितका लागि भने यो अत्यन्तै सकारात्मक र स्वागतयोग्य कार्य हो । तत्कालीन नेकपा विभाजित भएपछि फेरि नेपालका वामपन्थीहरू एक ठाउँमा पुगेका छन् । यो नेपालको राजनीतिमा नयाँ परिवर्तन हो र सकारात्मक पक्ष पनि हो ।
प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गिएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दुई विशाल भूगोल मात्र होइन, ठुला र उदाउँदा अर्थतन्त्र भएका मुलुकबिचमा नेपाल रहेको छ । केही वर्षअघि नै जापानलाई उछिन्दै चीन विश्वको दोस्रो ठुला अर्थतन्त्र बनेको थियो । अमेरिकालाई समेत उछिन्दै विश्वकै पहिलो अर्थतन्त्र हुने लक्ष्यमा छ चीन । हालै भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्रमा उक्लिएको छ । अमेरिका र चीनपछि तेस्रोमा रहेको जापान चौथो स्थानमा पुगेको छ भने जर्मनी विश्वको तेस्रो ठुलो अर्थतन्त्र बनेको छ । दुई ठुला छिमेकीसँगै विश्वका ठुला अर्थतन्त्र भएका सबै मु
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
चौध वटा जिल्ला भएको कोशी प्रदेशमा हिमाल, पहाड र तराईको भूभाग छ । यस प्रदेशमा महानगरपालिका एक उपमहानगरपालिका दुई, नगरपालिका ४६ र गाउँपालिका ८८ वटा गरी १३७ वटा स्थानीय तह छन् । २०७८ सालको १२ औँ राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन अनुसार ४९ लाख ६१ हजार ४१२ कुल जनसङ्ख्या रहेका छन् । अन्य प्रदेशको तुलनामा यो प्रदेश विकसित छ । यहाँको हावापानी विविधतापूर्ण छ । लगभग सबै जिल्लाका सदरमुकाममा पक्की सडक जोडिएको छ । स्थानीय तहसम्म सडक सञ्जाल, सञ्चारको सञ्जाल, विद्युत् विस्तार क्रमशः हुँदै छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गरेको छ । धानको व्याड राख्दादेखि नै आधुनिक प्रविधिको विषयमा किसानहरूलाई जानकारी दिँदै ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ को धमिले फाँटमा परीक्षणका लागि सूर्यमुखी लगाइएको छ । किसान गोकर्ण पराजुलीले चार कट्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी अहिले ढकमक्क फुलेको छ । उहाँले प्रतिकट्ठा एक सय केजीका दरले सूर्यमुखी उत्पादन हुने अनुमान गर्दै प्रतिक्विन्टल २० हजारका दरले ८० हजार रुपियाँ आम्दानी हुने अपेक्षा राख्नुभएको छ ।
दाङमा बर्सेनि घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ वटा साना उद्योगको लगत कट्टा गरिएको छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म उद्योग तथा वाणिज्यतर्फको निजी फर्म र सामुदायिक फर्म गरी ३७४ वटाको लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालयका प्रमुख युवराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रत्येक नागरिकको घर घरमा गएर जस्तोसुकै परिस्थितिमा स्वास्थ्य दिने स्वास्थ्य स्वयंसेवीको काम र जिम्मेवारी अनुसार पारिश्रमिकको व्यवस्था हुनुपर्ने सरोकारवालाले जोड दिनुभएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पब्लिक सर्भिसेज इन्टरनेसनल (पिएसआई) ले आइतबार राजधानीमा आयोजित ‘सामुदायस्तरमा काम गर्ने स्वास्थ्य स्वयंसेविकाले गर्दा देशले प्राप्त गरेका उपलब्धि र उनीहरूले भोग्दै आएका चुनौती र समस्या’ विषयक छलफलमा सहभागीले सो कुरामा जोड दिनुभएको हो ।