• १३ मंसिर २०८१, बिहिबार

गढीमा सूर्यमुखी खेती

blog

हेटौँडा समाचारदाता

हेटौँडा, फागुन २८ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ को धमिले फाँटमा परीक्षणका लागि सूर्यमुखी लगाइएको छ ।

किसान गोकर्ण पराजुलीले चार कट्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी अहिले ढकमक्क फुलेको छ । उहाँले प्रतिकट्ठा एक सय केजीका दरले सूर्यमुखी उत्पादन हुने अनुमान गर्दै प्रतिक्विन्टल २० हजारका दरले ८० हजार रुपियाँ आम्दानी हुने अपेक्षा राख्नुभएको छ । 

सूर्यमुखीको खेती परीक्षणका रूपमा गरिएकाले सफल भए कृषकलाई खेती गर्न प्रेरित गरिने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । हावापानी र माटोका हिसाबले सूर्यमुखीलाई मिल्दो वातावरण भएकाले उत्पादन राम्रो भए व्यावसायिक खेती गर्न कृषकलाई प्रेरित गरिने भन्दै खेतीका लागि पालिकाले प्राविधिक सहयोग र सहजीकरण गरिरहेको बताउनुभयो । सूर्यमुखीबाट उत्पादन गरिने तेलमा भिटामिन ‘ई’ पाइन्छ । यसमा प्रशस्त मोनो अनसैचुरेटेड फ्याट र पोली अनसैचुरेटेड फ्याट पाइन्छ । शरीरका लागि फाइदाजनक भएकाले सूर्यमुखी तेलको प्रयोग बढ्दै गएको छ ।